यातायात व्यवस्था विभागमा बेथिति– १

जनताकाे दुखमाथि एकान्तकुनामा बत्तिएकाे यातायात कार्यालय

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

ललितपुरकाे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा जनतालाई कर बुझाउन, कागजात नविकरण गर्न र सवारी चालक अनुमतिपत्र लिन ठुलै युद्ध लड्नुपर्छ। उचित व्यवस्थापनकाे अभावका कारण यहाँ दैनिक मानिसहरुले सास्ती भाेग्नु परेकाे छ।

कार्यालय बाहिरभरि भेटिन्छन्, बिचौलियाहरु। मानिसहरु काम गर्न जाँदा बिचौालीयाहरुले सजिलै ठग्छन्। सरकारलाई राजश्व तिर्छु भन्दा पनि गाह्राे छ, एकान्तकुनामा। यहाँ सेवाग्राहीकाे लाइन नभएको कुनै दिन हुँदैन। लाइनमा बसेर काम गर्छु भन्दा पनि पालो आउन गाह्राे छ। किनकी बिचौलिया र कर्मचारीहरुलाई आफ्नाे मान्छेको काम गर्नै व्याइनव्याइ छ।

बिचौलियाहरु बस्ने एक अखडा हो, ऐकान्तकुना। कति कर्मचारीहरु फेरिए तर बिचौलिया मुक्त्त पार्न सकेका छैनन्। नसक्नुको कारण कर्मचारी र बिचौलियाहरुबीचको मिलोमतोमा काम हुनु।

के गर्दैछ ? अख्तियार दुरुपयोग अनुसन्धन आयाेग र नेपाल प्रहरी। नेपाल प्रहरीले चाहे भने त्यहाँबाट बिचौलियाहरु तुरुन्तै हटाउन सक्छ। त्यहाँ खटिएका प्रहरीहरुले पनि मिलेर पैसा कमाउँछन् भन्ने हामीले सहजै अनुमान लगाउन सक्छौँ।

सेवाग्राहीहरु एकान्तकुना कार्यालय जाने बित्तिकै बिचौलियाहरुले ‘म काम गर्दिछु’ भनेर धेरैलाई ठग्छन्। बिचौलियाहरुको सिधैं कार्यालय प्रमुखसँग साँठगाँठ हुन्छ। सिधा काम गर्छु भन्दा साेझा/सिधा सेवाग्राहीहरुले काम गर्न सकदैनन्। कारण हो, बिचौलियाहरुले आफैंभित्र छिरेर आफ्नाे मान्छेको मात्र काम गर्नु र लाइन बस्नेहरु बसेको बस्यै मात्र हुन्छन।

राज्यलाई राजश्व आउने निकायमा किन यस्तो लापरबाही ? राज्यको ढुकुटी भर्ने कि बिचौलियाहरुको खल्ती ? एक्सनमा आउन नसक्ने र बिचौलिया हटाउन नसक्ने भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको के काम ? अहिले एकान्तकुनामा प्रदूषण चेक/जाँच गर्दा जनतालाई निकै सास्ती छ। कर्मचारीको ढिलाइ र जाम निकै बढेको छ। चाँडो र राम्रो काम गर्ने कर्मचारी खटाएको पाइएन प्रदूषण चेक/जाँचमा।

त्यहाँ भएका स–साना फुटपाथ व्यापारीहरु पनि तुरुन्तै हटाउनुपर्छ। फुटपाथ व्यापारीहरु पनि यस्तो काममा संलग्न छन्। उनीहरुको पसलमा केही सामान किन्न गयो भने ‘तपाईंको काम म गर्दिछु’ भन्छन्। फुटपाथ व्यापारी हटाउन के गर्दै छ, ललितपुर महानगरपालिका ?

ललितपुर महानगरपालिकाले त्यहाँ अव्यविस्थत ढङ्गले बसेका फुटपाथ व्यापारी कहिले हटाउँछ। हटाउन नसक्नुको कारण के हो ? कि ललितपर महानगरपालिकालाई एकान्तकुनामा भएका बिचौलिया वा फुटपाथ व्यापारीहरुको दबाब छ ?

एकान्तकुनाका सवारी चालक अनुमतिपत्रका निमित्त प्रमुख राजकुमार कपाली भन्छन्, ‘यसको व्यवस्थापन चाँडै हुन्छ। अहिले हाम्रो कार्यालयमा बिचौलियाहरु छैनन् भने लाइन बस्ने समस्याको समाधान गछौं। हामी सेवाग्राहीहरुको लागि बसेका हाैँ। कोही कसैलाई बिचौलियहरुले ठगे भने मसँग सिधैं आउनु पनि भनेको छु।’

त्यस्तै कार्यालयका सूचना अधिकारी पवित्रा कुँवरले पनि आफ्नाे कार्यालयमा कुनै असहज परिस्थित नभएकाे बताइन्। ‘अहिले हामीलाई सेवाग्राहीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाएका छौँ। पहिलाको समयमा भने समय लाग्थ्यो भने अहिले लाग्दैन। प्रदूषण चेक जाँचमा भने अलि समस्या छ, त्यसलाई हामी चाँडै नै समाधान गछौँ,’ उनले भनिन्।

कार्यालयमा कुनै अनाधिकृत व्यक्ति प्रवेश गरेकाे पाइएमा कारबाही गर्ने उनले बताइन्।

ललितपुर महानगरपालिकाका सूचना अधिकारी राजु मर्हजन भन्छन्, ‘हामी त्यहाँ बस्ने फुटपाथ व्यापारीहरु चाँडोभन्दा चाँडो हटाउँछौँ। यसमा अलि ढिलाइ भयो जस्तो लाग्छ र सरकारी कार्यालय अगाडि सूर्तिजन्य पदार्थ बेच्नेलाई पनि कारबाही गर्नुपर्छ।’

प्रकाशित मिति: : 2022-12-27 18:30:00

प्रतिकृया दिनुहोस्