विनाशको चक्र

आज देश भरि फैलिरहेको छ
एक सूक्ष्म परमाणु
सारा दुनियाँलाई लर्कार्दै
विध्वंसको चक्रव्यूमा
नचाउँदै छ ती मानिसलाई

कतिलाई शिथिल पारेको छ
कतिलाई घाइते पारेको छ
अझ भन्नु पर्दा 
कतिलाई त मृत्यु दण्ड समेत दिएको छ।

भनिन्छ मर्नु भन्दा पहिला निहुँ आउँछ भनेर
कतै योपनि त्यस्तै त्यस्तै त हैन 
मलाई हिजो आज त्यस्तै लाग्न थालेको छ
लोभ र तिर्साले भरिएको यो संसार
भोक र तिर्खामा तड्पि तड्पि मर्ने हो कि

हिजो बन्दी भएको पशु आज साँढे भएको छ
योपनि त्यस्तै त होला 
समयको घडी फर्के जस्तै फर्किने
त्यसै कहाँ भनेको होर शास्त्रले
अरूलाई एक गुना दु:ख दिदा
आफूले दुई गुना भोग्नु पर्छ भनेर
आज हाम्रो हालतपनि 
बिल्कुल त्यस्तै त्यस्तै भएको छ।

हिजो तलक पैसा सर्वस्व थियो
हिजो तलक ईश्वरलाई ढोग्ने मौका थिएन
आज समयको घडी टुंगिन आँट्यो
अनि बल्ल चेतनाको नेत्र खुल्दै छ
घर घरमा यज्ञ र आहुति गर्दै
हामी कति मूर्ख रहेछौँ।

प्रकाशित मिति: : 2020-04-03 09:42:58

प्रतिकृया दिनुहोस्