राष्ट्रपति भण्डारीद्वारा स्विजरल्याण्डका नेपाली राजदूतसँग नेपालीको अवस्थाबारे सोधपुछ

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

राष्ट्रपति विद्यादेवी भण्डारीले स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई टेलिफोन गरी स्विट्जरल्याण्ड,इटाली,सानमारिनो तथा लिचेस्टाइनमा कोरोना भाइरसको संक्रमणको स्थिति र ती देशमा बसोबास गर्ने नेपालीको अवस्था बारेमा सोधपुछ गरेकी छिन। 

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका प्रमुख रहेका राजदूत भट्टराईसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले कोरोना संक्रमण रोकथाम तथा सुरक्षा सम्बन्धमा आफू बसेको मुलुकको सम्बन्धित निकायबाट जारी गरिएका निर्देशन तथा चालिएका कदम अनुसरण गर्न, आफू र आफ्नो परिवार सुरक्षित रहन र यस कठीन घडीमा धैर्यता एवम् संयमता अपनाउन आग्रह गर्दै नेपाली संघसंस्था एवम् समुदायको समन्वयमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई सम्भव भएसम्म सहयोग गर्न निर्देशन दिएको नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नियोग प्रमुख तथा राजदूत भट्टराईले यसरी चासो र चिन्ता लिएर कुराकानी गरेकामा धन्यवाद दिएकाे विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित मिति: : 2020-04-06 07:06:15

प्रतिकृया दिनुहोस्