बिएल संवाददाता
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन्।
बुधबार भएको मतगणनामा नेकपा (माओवादी केन्द्र)का सुरेशबहादुर आले मगर, भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन्।
गठबन्धनका पन्तले ३ हजार ८४ मतभार पाएर विजयी भइन् भने उनका प्रतिश्पर्धी एमालेका लीला थनेतले २ हजार ७ सय २४ मतभार पाएकी थिइन्।
माओवादीका तर्फबाट उम्मेदवार बनेका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर विजयी भए भने उनका प्रतिश्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मतभार पाए।
त्यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रकै अर्का उम्मेदवार भुवन सुनार ३ हजार ४८ मतभार पाएर निर्वाचित भए। उनका प्रतिश्पर्धी अर्जुनकुमार सुनाम २ हजार ७२४ मतभार पाए।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया