बिएल संवाददाता
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन्।
बुधबार भएको मतगणनामा नेकपा (माओवादी केन्द्र)का सुरेशबहादुर आले मगर, भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन्।
गठबन्धनका पन्तले ३ हजार ८४ मतभार पाएर विजयी भइन् भने उनका प्रतिश्पर्धी एमालेका लीला थनेतले २ हजार ७ सय २४ मतभार पाएकी थिइन्।
माओवादीका तर्फबाट उम्मेदवार बनेका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर विजयी भए भने उनका प्रतिश्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मतभार पाए।
त्यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रकै अर्का उम्मेदवार भुवन सुनार ३ हजार ४८ मतभार पाएर निर्वाचित भए। उनका प्रतिश्पर्धी अर्जुनकुमार सुनाम २ हजार ७२४ मतभार पाए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया