स्वास्थ्य सामग्री खरिदमा किन घिच्याउने सेना ?

कोरोना भाइरस (कोभिड–१९) संक्रमणग्रस्त विश्वमा सबैभन्दा बढी अभाव भाइरस रोकथाम तथा संक्रमितको उपचारका निमित्ता आवश्यक स्वस्थ्य उपकरण, सामग्री तथा औषधीको छ। विश्वमा उक्त सामग्रीको जोहो/भण्डारण थिएन। प्रत्येक दिन अकासिँदै गएको मागको अनुपातमा यी सामग्री उत्पादन हुन सकेको छैन। जुन राष्ट्रहरू यी सामग्री उत्पादन गरेर विश्व बजारमा निर्यात गर्थे, (अमेरिका, जर्मनी, फ्रान्स, इटाली, जापान, स्विजरल्याण्ड, चीन, सिंगापुर तथा दक्षिण कोरिया आदि) उनीहरू स्वयं संक्रमण रोक्न (चीन, सिंगापुर र दक्षिण कोरियाबाहेक) सफल हुन सकेका छैनन् आजका दिनसम्म।

अर्कोतर्फ महामारीका रूपमा फैलिएको संक्रमण अनियन्त्रित हुँदैछ। जसले गर्दा स्थापित औषधि उत्पादक राष्ट्रहरूमा पनि कोभिड–१९ को महामारीको कारणले उत्पादन बन्द अवस्थामा छन्। दैनिकीमा प्रयोग हुने औषधि आपूर्तिसमेत प्रभावित हुने अवस्थाको सामना गर्दैछ विश्व। विद्यमान परिस्थितिमा कुनै पनि एक राष्ट्रले संक्रमण दोस्रो चरण प्रवेश गरेको हाम्रो आवश्यकताअनुरूप भाइरसको रोकथाम तथा संक्रमितलाई आवश्यक पर्ने उपकरण, औषधि तथा अन्य सामग्री आपूर्ति गर्न सक्ने अवस्था छैन। आधा विश्व घरभित्र नै बस्न वाध्य छन् भने उनीहरू यो महामारी कहिले सकिने होला भन्दै आफ्नो दैनिक गुजारा गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-04-06 13:08:21

प्रतिकृया दिनुहोस्