कोरोनाविरुद्धको लडाइमा सहयोगको हात अगाडि बढाउँदै आमिर खान

बलिउड नायक आमिर खानले पनि कोरोना भाइरसविरुद्धको लडाइमा सहयोगको हात अगाडि बढाएका छन्।

आमिरले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको भारतीय मिडियामा उल्लेख छ। यस्तै, उनले महाराष्ट्रका मुख्यमन्त्रीको राहत कोषमा पनि सहयोग गरेका छन्।

यो बोहक आमिरले, चलचित्रमा काम गर्ने मजदुरका लागि केही एनजीओसँग मिलेर सहयोग गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।आमिरले, आफू अभिनित चलचित्र लाल सिंह चडडामा काम गरिरहेका मजदुरहरुका लागि पनि सहयोग गरेका छन्।

आमिर अहिले चलचित्र ‘लाल सिंह चड्डा’को काममा व्यस्त छन्। तर, कोरोना संक्रमण फैलिएसँगै बलिउडका सबै चलचित्रको छायांकन बन्द भएको छ। आमिरको चलचित्रको छायांकन पनि स्थगित भएको छ।

 

प्रकाशित मिति: : 2020-04-08 12:54:34

प्रतिकृया दिनुहोस्