पाँच महिनामै डिज्नी प्लसका पाँच करोड सब्स्क्राइबर

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका अधिकांश मानिसहरु घर भित्रै बस्न बाध्य छन्। बाहिर हिँड्डुल गर्न नमिल्ने भएपछि धेरैको समय बिताउने माध्यम चलचित्र बनेको छ। यसको प्रत्यक्ष फाइदा डिज्नी प्लसलाई पनि भएको छ। 

डिज्नीको नयाँ भिडियो स्ट्रिमिङ्ग सेवा डिज्नी प्लसले भित्रै पाँच करोड सब्स्क्राइबर पाएको छ। डिज्नीसहित नेट्फिलिक्स तथा अमेजन प्राइमका पनि सब्स्क्राइबर यो समय अधिक मात्रामा बढेका छन्।

डिज्नी प्लसले गएको फेब्रुअरीमा सार्वजनिक गरेको तथ्यांकमा उसका सब्स्क्राइबर २६.५ मिलियन थिए । त्यसयता झण्डै त्यति नै संख्यामा उसका सब्स्क्राइबर थपिएका छन्।

डिज्नी प्लसले गएको नोभेम्बरमा अमेरिकामा सेवा सुरु गर्दा सन् २०२४ को अन्त्यसम्म ६० देखि ९० मिलियनसम्म सब्स्क्राइबर हाँसिल गर्ने योजना बनाएको थियो । तर पाँच महिनाभित्रै उसले ५० मिलियन सब्स्क्राइबर पाएको हो।

भारतमा गएको हप्ता डिज्नी प्लसले सेवा सुरु गरेको थियो । त्यसयता भारतबाट डिज्नीका ८ मिलियन सब्स्क्राइबर थपिएका छन्।

प्रकाशित मिति: : 2020-04-09 14:24:05

प्रतिकृया दिनुहोस्