‘हरर’ फिल्मकी उत्कृष्ट नायिका हिलारी हिथको कोरोना भाइरस संक्रमणका कारण ७४ वर्षको उमेरमा निधन भएको छ। उनी ‘विचफाइन्डर जेनरल’ र ‘विद्रिङ हाइट्स’ बाट निकै चर्चामा आएकी थिइन। उनको नाति एलेक्स विलियम्सले सोसल मिडिया फेसबुकमार्फत यसको जानकारी दिएका हुन्। ‘हामीले सहह्दयी हजुरआमा हिलारी हिथलाई गत साता कोभिड–१९ का कारण गुमाएका छौं।’
हिथ ६० र ७० को दशककी उत्कृष्ट नाट्य तथा स्क्रिन कलाकार थिइन। उनले ९० को दशकमा आफूलाई निर्देशकको रुपमा पनि ढालेकी थिइन। उनको निर्देशनमा ‘निल बाई माउथ’ र ‘एन अफूल बिग एड्भान्चर’ फिल्म बनेको थियो। ‘निल बाई माउथ’ मा गेरी ओल्ड्म्यान तथा ‘एन अफूल बिग एड्भान्चर’ मा हुँ ग्रान्ट र एलन रिकम्यान जस्ता चर्चित कलाकार समावेश थिए।
अक्सफोर्ड विश्वविद्यालयबाट मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी हिथको अगाडि थुप्रै अवसर थियो। तर, उनले कलाकारितामा आफूलाई ढालिन्।
उनको पहिलो फिल्म ‘विचफान्डर जेनरल’ १९६८ मा रिलिज भएको थियो। सारा लुइसको भूमिकामा उनले गरेको न्यायका लागि लामो समयसम्म परिचित थिइन। उनले यो फिल्ममा नायिका भिन्सेन्ट प्राइससँग अभिनय गरेकी थिइन।