अमेरिकाको अर्कान्सासमा श्वेत अतिवादी युवाद्वारा वुद्धमूर्ति तोडफोड

बिएल संवाददाता

डल्लास-टेक्सास, अमेरिका

अमेरिकाको अर्कान्सास राज्यको फोर्ट स्मिथमा एक क्रिश्चियन उग्र दक्षिणपन्थी श्वेत युवाले स्थानिय एक वुद्ध मन्दिरमा रहेका तीनवटा वुद्धमूर्तिहरू नष्ट गरिदिएका छन्। 

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार स्वान माइकल इजरायल नाम गरेका ती २१ वर्षीय अतिवादी ह्याम्मरले बुद्धमूर्ति फुटाउँदै गर्दा पक्राउ परेका हुन्।

भियतनामी मूलका अमेरिकीहरूको बाक्लो बसोबास भएको फोर्ट स्मिथको ४६२५ आर्मर स्ट्रिटस्थित वाट लाओ सान्टिहाम नामक वुद्ध मन्दिरमा रहेका मूर्ति उनले तोडफोड गरेका हुन्। 

अमेरिकामा चर्च किन्दै मन्दिर बनाउने र त्यसमा झुटा भगवानका मूर्ति राख्नेलाई यो एक सबक भएको बताउँदै उनले ' अमेरिकाभरिका क्रिश्चियनले अब त्यस्तो अभियान चलाउनुपर्ने आग्रह गरेको' पनि प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन्। 

उनले इशुले झुटो मूर्ति भत्काउन आदेश दिएको भन्दै आफूले त्यसको पालना मात्र गरेको बताए । उनले इशुबाहेक अरू कोही भगवान हुन नसक्ने बताउँदै वुद्धले झुटो कुरा गरेकाले उसको मूर्ति भत्काएको बताए। 

इजरायलले मूर्ति फुटाएर आफूले कुनै गल्ती नगरेको बताउँदै यसबाट आफू एक असल क्रिश्चियन प्रमाणित भएको बताए। उनले अगाडि भने, 'मैले यसो गरेर इशुको लागि अरू प्रिय भएको छु।'

अमेरिकामा चर्च किन्दै मन्दिर बनाउने र त्यसमा झुटा भगवानका मूर्ति राख्नेलाई यो एक सबक भएको बताउँदै उनले ' अमेरिकाभरिका क्रिश्चियनले अब त्यस्तो अभियान चलाउनुपर्ने आग्रह गरेको' पनि प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन्। 

उनलाई १० हजार अमेरिकी डलर बराबरको मूर्ति तोडफोड गरेको अभियोग लगाउँदै सेबस्टियन काउन्टी जेलमा राखिएको बताइएको छ। उनलाई अदालतले मे ११ को तारिख दिएको छ। 

अर्कान्सास अमेरिकाको दक्षिण मध्यमा रहेको एक भूपरिवेष्ठित राज्य हो। मूलत: दक्षिणपन्थी रिपब्लिकनहरूको गढ रहेको यो राज्य पुरातनवादी राज्य मानिन्छ। 

विस्तृत समाचार हेर्नका लागि यहाँ क्लिक  गर्नुहोस् ।

प्रकाशित मिति: : 2020-04-12 04:32:43

प्रतिकृया दिनुहोस्