
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
जनकपुरकी राखी महासेठ ब्यूटीसियनमा आफ्नो भविष्य बनाउन चाहन्थिन्। दिनभरि घरायसी काममा व्यस्त हुने उनले पार्लरमा तालिम सिक्ने निधो गरिन्।
भलै, उनलाई श्रीमानले काम सिक्नका लागि अनुमति दिएका थिएनन् तर इन्जिनियरिङको पढाइ गरिरहेका छोराले उनलाई पार्लरको ट्रेनिङ लिनका लागि अनुमति दिए।
छोराको साथ पाएर खुसी भएकी काठमाडौंको एक पार्लरमा ट्रेनिङ लिन सुरु गरिन्। तर उनी कामका चासो दिनका सट्टा झनै तनावबाट ग्रसित हुन थालिन्, जसको कारण थियो। त्यो पार्लरको वातावरण।
‘मैले काम गरेको १५ दिनजसो भइरहेको थियो तर मलाई इरिटेड लाग्यो। न राम्रोसँग सिकायो न त राम्रो व्यवहार नै गर्यो’, गुनासो पोख्दै उनले भनिन्, ‘मलाइृ झर्को लाग्न थाल्यो, त्यसपछि तालिममा जानै छाडेँ।’
दुई साताको तालिमपछि उनले नयाँ संस्थामा तालिम लिने सोच बनाइन्। र, सामाजिक सञ्जालमा राखीले राम्रो र भरपर्दो संस्ता खोज्न थालिन्। नभन्दै उनले नेपालको चर्चित ‘जुम ब्यूटी एकेडेमी’ को बारेमा थाहा पाइन्।
जताजतै जुमको उपलब्धिबारे जानकारी लिइन्। र, उनले जुम एकेडेमीको ग्वार्को शाखामा तालिम लिन सुरु गरिन्।
...त्यसपछि बदलियो राखी महासेठको जीवन
जुम ब्यूटी एकेडेमीमा ‘कोम्बो कोर्श’ सिकेकी उनले विस्तारै नयाँ–नयाँ कोर्शहरू पनि सिक्दै गइन्। जुमले सिकाएको तालिम र गरेको व्यवहार देखेर प्रभावित भएकी महासेठ भन्छिन्, ‘मलाई जुम मेरो परिवारको एक हिस्साझैं लाग्छ। म जुमदेखि टाढा जानै सक्दिनँ।’
उनले जुममा पाइला टेकेको ११ महिना भयो तरपनि उनी अझै जुममा बसेरै आफ्नो भविष्य बनाउन चाहन्छिन्। त्यही तालिम लिएर राखी जुममा जागिर गर्न चाहन्छिन्। उनी भन्छिन्, ‘यहाँबाट सिकेको तालिमले म एउटा ब्यूटी पार्लर खोल्छु। होइन भने यही जुममा काम गर्छु। यो छोडेर म जानै सक्दिनँ।’
जुम जानअघि आफूलाई कमजोर ठान्ने महासेठ अहिले आफूभित्र नयाँ आत्मविश्वास बढेको बताउँछिन्। उनको अनुसार जुमले नयाँ जीवन दिएको सुनाउँछिन्।
‘म पहिलो धेरै बोल्न सक्दिन थिएँ डराउने गथेँ तर अहिले म बोल्न सक्छु र मेरो डराउने र रिसाउने, झर्किने बानी पनि हटेको छ। त्यसैले जुम मेरो लागि एउटा अस्पताल पनि हो। यहाँ आएपछि मेरो रोगहरू पनि हटेर गयो’, जुमलाई धन्यवाद दिँदै उनी भन्न चाहन्छिन्, ‘मेरो मनैबाट जुम परिवारलाई धेरै–धेरै धन्यवाद।’
सधैं घरको कामकाजमा व्यस्त रहने तर ब्यूटीसियनमा रुची राख्ने महिलाहरूलाई ४० वर्षकी राखी भन्छिन्, ‘उमेरले केही फरक पर्दैन। जुममा आएर सीप सिक्नुहोस्। जुम महँगो छैन र खोजेको जस्तो सीप पनि सिक्ने पाइन्छ। नेपालको भरपर्दो एकेडेमी नै हो जुम।’
२१ वर्षदेखि निरन्तर सौन्दर्य क्षेत्रमा आफूलाई चिनाउन सफल जुम ब्यूटी एकेडेमीमा सेवा तथा तालिम सिक्ने इच्छुकहरूले यो 9851031053, 9851166850 नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ।
१ .
२ .
३ .
४ .
५ .