धार्चुला क्याम्पमा रहेका नेपाली भन्छन्–‘घरमा आमाबुवा रुँदैछन्, हामीलाई भेडाबाख्रा जस्तै राखिएको छ’(अडियाे)

दार्चुला सदरमुकामको ठिकपारी भारतीय भूमि धार्चुलामा दुई सातादेखि शरणार्थीको जीवन बाँचिरहेका नेपालीले आफूलाई भेडा बाख्रा जस्तै राखिएको गुनासो गरेका छन्। 

धार्चुलाको राजकीय इण्टर कलेजमा राखिएका ३ सय ६५ नेपालीमध्ये तीन जना भर्खरै बिएल नेपाली सेवासँग सम्पर्कमा आएका छन्। उनीहरूले यसरी बाँच्नुभन्दा मर्नु निको भन्दै आफूलाई चाँडै आफ्नै देशमा आउने बाटो खोलिदिन सरकारसँग आग्रहसमेत गरेका छन्। 

इण्टर कलेजमा १५ दिनदेखि बसिरहेका बैतडीको पुचौंडी नगरपालिकाका उत्तमबहादुर बोहराले भने–‘हामीलाई भेडा बाख्रा जस्तै राखिएको छ। सुत्नलाई कपडा छैन सिमेण्टमा सुत्नु परेको छ। खानामा पनि कुनै स्तर छैन। साँझ पकाएको बिहान र बिहान पकाएको साँझ खानु परेको छ। घरमा आमाबुवा रुँदै छन्, छोराछोरीको पनि उस्तै हालत छ।’

बागेश्वरी जिल्लामा ढुंगागिट्टि फुटाएर घरजहान पाल्ने उत्तमले भने–‘हाम्रो क्याम्प रहेका सबैजना स्वस्थ्य छन्। १२ वर्षदेखि ७० वर्षका बृद्ध रहेका छन्। अरु क्याम्पमा ६ महिनाका अबोध शिशु पनि आमाको काखमा छन्।’
 

प्रकाशित मिति: : 2020-04-12 20:35:00

प्रतिकृया दिनुहोस्