अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
बिएल संवाददाता
नेपाल एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत समूह ‘ए’काे विजेता बनेकाे छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणकाे अन्तिम खेलमा कतारलाइ ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेकाे हाे। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ।
नेपालले दिएकाे मात्रै १ सय ५८ रनकाे झिनाे लक्ष्य पछ्याएकाे कतार २५.१ ओभरमा अल आउट भयाे।
कतारका खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले ५ तथा साेमपाल कामीले ३ विकेट लिए। भने, ललितनारायण राजवंशीले २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १ सय ५७ रन मात्र बनाएकाे थियाे। नेपालका लागि सन्दीप लामिछानेले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४२ रन बनाए। भने, कप्तान राेहितकुमार पाैडेले २७ रन बनाउनुबाहेक अन्य खेलाडी राम्राेसँग चल्न सकेनन्।
कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए।
अब नेपालले शनिबार सेमिफाइनल खेल्नेछ।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया