धार्चुलामा राेकिएका नेपालीमाथि थपिएकाे दु:ख, आमा बितेपछि उतै काजक्रिया (अडियाे अन्तर्वार्ता)

कोरोना भाइरसको महामारी फैलिने डरले नेपाल सरकारले छिमेकी भारतबाट आफ्नै देश प्रवेश गर्न नदिएको सुदूरपश्चिमका एक हजारभन्दा बढी नेपालको अवस्था दयनीय बन्दै गएको बेला अर्को बियोगान्त घटना भएको छ। 

दार्चुला शैलेशिखरका बासदेव भट्टकी आमाको बुधबार नेपालमा निधन भएपछि उनी भारतको धार्चुलास्थित बरुवाकोट क्याम्पममा १३ दिनको काजक्रिया गर्न विवश भएका छन्। 

उनले आमाको काजक्रिया गर्न स्थानीय निकायसँग सहयोग मागेका थिए तर कतैबाट सहयोग नपाएपछि क्याम्पको एकान्त कोठामा काजक्रिया गर्न विवश भएका हुन्। 

उनले बुधबार आमा बितेको जानकारी पाएपछि सिडियो तथा स्थानीय वडा अध्यक्षसँग आफूलाई नेपाल आउन दिन आग्रह गरेको सहयोगी उत्तम बोहराले बिएल नेपाली सेवालाई टेलिफोनबाट जानकारी दिए। उनले सिडियोको फोन नउठेको तर स्थानीय निकायले केही सहयोग नगरेको भन्दै दुःख व्यक्त गरे। ‘हामी नेपाल सरकारको मजदुर हौ। यसरी रेटेर मार्न त मिल्दैन नि’, बोहराले भने। धार्चुलाको विभिन्न क्याम्पमा रहेका नेपालीहरुलाई छिटो उद्दार गर्न सबैले आग्रह गरेका छन्। 
 

प्रकाशित मिति: : 2020-04-16 12:59:00

प्रतिकृया दिनुहोस्