ब्राण्ड स्टोरी

'कृष्ण पाउरोटी' राजाले खाने पाउरोटी भनेर चिनिन्थ्यो

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लिले नेपालकै पहिलो ब्राण्डिङ शो  (ब्राण्ड स्टोरी) सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्ने छन्। 
ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के–कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको दशौं श्रृंखलामा हामीले कृष्ण पाउरोटीका प्रबन्ध निर्देशक घनश्याम राजकर्णिकारलाई प्रस्तुत गरेका छौं।

नेपालको पहिलो पाउरोटी–कृष्ण पाउरोटीको बेग्लै इतिहास छ। राणाकालमा मिठाइ बनाउँदै आएका काठमाडौं कमलपोखरीका कृष्ण राजकर्णिकारलाई केही गर्ने जोश जाग्यो।

त्यस बेला केही नयाँ काम गर्नु परेमा भारत गएर सिक्ने चलन थियो। सोहीअनुसार, कृष्ण बहादुर राजकर्णिकार नयाँ सीपको खोजी गर्दै भारतको कलकत्ता (हाल कोलकाता) पुगे। कलकत्तामा उनी करिब १०–१२ दिन बसे। कामको खासै मेसो पाएनन्। 
सडकमा जताततै माग्नेहरु देखे।

अनि राजकर्णिकारको मनमा चिसो पस्यो– धेरै समय म यता बसेँ भने मेरो पनि यस्तै हाल हुनेछ। यस्तै निराशा बोकेर कृष्णले कलकत्ताबाट काठमाडौं फर्किने निधो गरेका थिए।

नेपाल फर्कनुअघि कृष्ण कृष्ण बहादुर राजकर्णिकारलाई कोलकत्ताको काली मन्दिर दर्शन गर्ने इच्छा जाग्यो। अनि उनी मन्दिर दर्शन गर्न गए।

मन्दिरमा एकदमै भीड थियो। उक्त भीडमा चेपिएर एउटी बालिका रुँदै गरेको देखे– कृष्णले। उनलाई उद्धार गरी घरसम्म पुर्याइदिए।

बालिकाका बाबु कलकत्ताको एक पाउरोटी उद्योगका मिस्त्री रहेछन्। उनैले कृष्णको भविष्य रेखा कोरिदिए। कृष्णले उनीसँगै पाउरोटी बनाउन सिके।

कृष्ण पाओरोटी  बनाउन सिकेर नेपाल फर्के– २००३ सालमा। उद्योग खोल्ने इच्छा त जाग्यो तर उनीसँग पूँजी थिएन। कृष्णको त्यो इच्छालाई उनकी जीवन–सँगिनीले पूरा गरिदिइन्।

विवाहमा माइतीले दिएको गहना बन्धकी राखेर कृष्णलाई दुई हजार छ सय रुपैयाँ ऋण निकालिदिइन्। अनि कृष्णले २००५ असोज १० गते आफ्नै घरमा आफ्नै नामबाट पाउरोटी बनाउने उद्योग खोले– ‘कृष्ण पाउरोटी भण्डार’।

कृष्णले पाउरोटी उद्योग खोल्दा नेपालभित्र पाउरोटी भन्ने नै थिएन। उनले बनाएका पाउरोटी राणाजी हुँदै राजाले पनि खान थाले।
त्यसपछि बिस्तारै बजारमा पनि पाउरोटीबारे धेरैलाई जानकारी भयो। अनि ‘कृष्ण पाउरोटी’ को बजारीकरण हुँदै गयो।

यतिसम्म भयो कि देशको कुनै कुनाबाट काठमाडौं आएको मान्छेले जसरी पशुपतिनाथको प्रसाद लैजान्थे, त्यसैगरी ‘कृष्ण पाउरोटी’ बाट पाउरोटी किनेर लान्थे। पछि उनैबाट सिकेर नेपालमा धेरैले पाउरोटी बनाउने उद्योग खोले।

२००५ सालमा कृष्ण राजकर्णिकारले स्थापना गरेको ‘कृष्ण पाउरोटीभण्डार’ अहिले उनका कान्छा छोरा घनश्याम राजकर्णिकारले चलाउँदै आएका छन्।

मानिसको कृष्ण पाउरोटीलाई हेर्ने नजर अहिले पनि उच्च नै छ। हामीले दशौँ श्रृङ्खलामा ‘कृष्ण पाउरोटी’ बारे प्रस्तुत गरेका छौँ।

 ब्राण्ड स्टोरी शृ‌ंखला  

ब्राण्ड स्टोरी-९   ब्राण्ड स्टोरीः ‘श्रमबिना सफलता मिल्दैन’

ब्राण्ड स्टोरी-८   ब्राण्ड स्टोरीः शुद्धता र ताजाको ‘प्रतीक’ नोभा मिल्क

ब्राण्ड स्टोरी-७  ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम

ब्राण्ड स्टोरी-६ नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल
ब्राण्ड स्टोरी-५ ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

 ब्राण्ड स्टोरी -४  ब्राण्ड स्टोरीः एपेक्स कलेज, जसले शिक्षा क्षेत्रमा नौलो प्रयोगको आँट गरेर सफल भयो

 ब्राण्ड स्टोरी- ३ कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

 ब्राण्ड स्टोरी -२ ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

 ब्राण्ड स्टोरी -१  ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

प्रकाशित मिति: : 2021-05-21 19:25:00

प्रतिकृया दिनुहोस्

    कृष्ण पाउरोटीको नेपालको पाउरोटी उत्पादन गर्ने पहिलो कम्पनि हो । कृष्ण राजकर्णिकीरको पौरखी मिहेनतको परिणामले आज पनि इत्तिला चर्चा पाईरहेको छ । कलकत्ताबाट आर्जन गरिएको सिंपसन नेपालमा आएर फस्टाउने मौका पाएको छ।बिक्रम सम्वत २००५ सालमा कृष्णले पाउरोटी उधोग संचालन मनसाय हुँदाहुँदै पनि पैसाको समस्या देखियो माईतिले दिएको श्रीमतीको गहना २६०० मा बन्दगी राखेर चालु गरिएको सो उधोग आज आएर नेपालको ब्रान्डेड नम्वर १ को पाउरोटी बनेको छ । अहिले आएर उहॉको कान्छो छोरा घनस्याम राजकर्णिकारले पिताको उधोग सम्हालेर बाबुको सदिक्षालाई सार्थक तुल्याउँदै उक्त उधोगपतिको मालिक बनेर आफ्ना ग्राहकहरूलाई सक्दो सेवा प्रदान गर्दै आईरहनु भएको छ । भविष्यमा यो उधोगले यो भन्दा पनि अझ वढी प्रगति गर्दै जाओस् हार्दिक शुभकामना !!!

    • 2 बर्ष अगाडि
    • खिमानन्द पोखरेल