विश्वकप फुटबल

आज विश्वकप फुटबलमा बन्दैछ नयाँ इतिहास, महिला रेफ्रीद्वारा खेल सञ्चालन

photo : the sun
photo : the sun

फिफा विश्वकप फुटबलको इतिहासमा पहिलो पटक तीनैजना महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् ।  कतारमा जारी विश्वकप अन्तर्गत आज (बिहीबार) जर्मनी र कोस्टारिकाबीच हुने खेलमा तीनैजना महिला रेफ्री हुनेछन् ।

यसअघि विश्वकपमा हरेक वर्ष पुरुष मात्रै रेफ्री रहँदै आएका थिए। तर, यसवर्ष फिफाले उत्कृष्ट महिला रेफ्रीलाई छनौट गरी विश्वकपमा छानेको छ।

बिहीबार हुने समूह ‘ई’ अन्तर्गतको जर्मनी र कोस्टारिकाबीचको खेललाई स्टेफनी फ्रेपार्ट नेतृत्त्वको टीमले सञ्चालन गर्नेछ।

फ्रेपार्ट रुवाण्डाकी सलिमा मुकानसाङ्गा र जापानकी योशिमी यामाशितासँगै मे महिनामा विश्वकपका लागि छनोट भएकी रेफ्री हुन्। फ्रेपार्टले मार्च २०२१ मा नेदरल्याण्ड्स र लाटभियाबीचको पुरुष विश्वकप छनोट खेलमा अफिसिएट गर्ने पहिलो महिला रेफ्री पनि हुन्।

फिफाले जापानकी रेफ्री यामासिता योसिमि, अफ्रीकी राष्ट्रकी सलीमा मुकानसगा र फ्रान्सकी स्टेफानी फ्राप्पार्टलाई छनोट गरेको छ। उनीहरुले यसअघि पनि पुरुष च्याम्पियनसिप लिग, वल्र्ड क्वालिग फाइ म्याचमा रेफ्रीका रुपमा काम गरिसकेका छन्।

यी हुन्, विश्वकप खेलाउने महिला रेफ्री

यमासिता यासिमि

सन १९८६ मा जन्मिएकी यमासिता यासिमि अगामी कतारमा हुने विश्वकपमा रेफ्रीको रुपमा नेतृत्व गर्न भएकी छिन्।

यासिमि जापानकी अन्तर्राष्ट्रिय महिला रेफ्री हुन्। उनले यसअघि सन २०१९ मा फिफा वल्र्ड कप इन फ्रान्स र सन २०२० मा समर ओलम्पिक गेम्समा रेफ्रीको रुपमा नेतृत्व गरेकी थिइन्। उनी सन २०२२ मा हुने विश्वकप फुटबलमा पहिलो छनोट हुने महिला रेफ्री हुन्। 

the-afc

उनले एफसी च्याम्नसिप लिगमा मेलार्बन र चुनाम डागनबीच भएको खेलमा च्यार्ज लिएकी थिइन्। उनी पहिलो रेफ्री महिला हुन्, जसले जे लिग र एफासी च्याम्पनसिप लिगमा महिला रेफ्रीको रुपमा नेतृत्व गरेकी थिइन्।

सलिमा मुकासगा

सन १९५५ अफ्रिकी मुलुकमा जन्मेकी सलिमा मुकासगाले पनि यसपटको विश्वकप फुटबलमा महिला रेफ्रीको नेतुत्व गर्न भएकी छिन्।

उनी सन २०१२ देखि नै फिफा विश्वकपको सूचीमा पर्दै आइरहेकी थिइन भने सन २०२२ मा उनी औपचारिक रुपमा महिला रेफ्रीमा अनुबन्धित भएकी हुन्। उनी पहिलो अफ्रिकी महिला रेफ्री हुन, जसले विश्वकपमा महिला रेफ्रीकाे रुपमा खेल खेलाउँदै छिन्।

Backpagepix

एक अन्तर्वार्ता उनले आफू बास्केटबल खेलाडी बन्न चाहेको तर पछि आफू महिला रेफ्री भएको जनाएकी थिइन्।

उनले यसअघि फिफा महिला वल्र्ड कप, अफ्रिकन महिला कप अफ नेसन्न लगायतका ठुलो फुटबल प्रतियोगितमा महिला रेफ्रीको रुपमा खेल खेलाएकी छिन् भने उनी नर्सिगकी विघार्थी समेत हुन्।

स्टेफाइन फ्रपाट

फ्रान्समा सन १९८३ मा जन्मेकी स्टेफाइन फ्रपाट सन २००९ देखि अन्तर्राष्ट्रिय फिफाको रेफ्रीका रुपमा अनुबन्धित भएकी थिइन।

पहिलाे पटक विश्वकपमा रेफ्री बन्दै गरेकी उनले पुरुष वल्र्ड कप क्वालिफाइग खेलमा च्यार्ज लिएकी थिइन्। उनले सन २०१४ मा पहिलो महिला रेफ्री हुन, जसले पुरुष फुटबल लिगको नेतृत्व गरेकी थिइन्। सन २०१५ मा पनि उनले फिफा महिला विश्वकप क्यानडमा रेफ्रीको भूमिमा निर्वाह गरेकी थिइन्।

उनले आइयफफ वल्र्ड बेस्ट रेफ्रकिो अवार्ड जितेकी थिइन्।

AFP/Getty Images

प्रकाशित मिति: : 2022-12-01 07:13:00

प्रतिकृया दिनुहोस्