आमा सम्झिदै यसरी भारतीय भूमिमा काजक्रिया गर्दैछन्, बासुदेव भट्ट (फोटो फिचर)

कोरोना भाइरसका कारण आफ्नै घरमा बिगत २० दिनदेखि आउन नपाएका एक हजारभन्दा बढी सुदूरपश्चिमका नेपालीहरूको भारतीय सीमामा बिजोग हुन थालेको छ। 

क्वारेन्टाइनको राम्रो सुविधा नहुँदा र खाना र बस्न गाह्रो पर्दै गइरहेको बेला बुधबार दार्चुला शैलेशिखरका बासुदेव भट्टले आमा गुमाएका छन्। 

नयाँ वर्षमा समेत घर आउन नपाएका उनी आमाको काजक्रियामा घर आउन नपाएकोमा निकै दुःखी छन्। भारतको बरुवाकोट क्याम्पमा सेतो लुगा लगाएर बसेका बासुदेवलाई काजक्रियाका लागि साथीभाईले छुट्टै बस्ने व्यवस्था मिलाएका छन्। 

उनी हिन्दु परम्पराअनुसार दैनिक काजक्रियाको काम गरिरहेका छन्। उनको चोखोनिधोको कामका लागि क्वारेन्टाइनमै बसेका अन्य नेपाली दाजुभाईले सहयोग गरिहेका छन्। 

बासुदेवले बिहीबार बरुवाकोट क्याम्पभन्दा बाहिर खुला स्थानमा खाना पकाएका थिए। 

आमाको निधनको खबर सुनेपछि क्याम्पमा भएका नेपालीहरूले उनलाई नेपाल भित्र्याउन स्थानीय सरकार तथा सिडियाहरूलाई निवेदन गरेका थिए। तर, कतैबाट कुनै सुनुवाई नभएपछि शरणार्थीको रूपमा नेपाल सीमा नजिकै भारतीय भूमिमा आमाको काजक्रिया गर्न विवश भएका छन्।  

प्रकाशित मिति: : 2020-04-16 21:39:45

प्रतिकृया दिनुहोस्