कार्यकर्ता आए, नेता आएनन्

आफ्नै जिल्लामा अझै ‘अस्वीकृत’ विश्वप्रकाश

प्रदीप परियार

बिर्तामोड
Breaknlinks Nepali
Breaknlinks Nepali

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बुधबार (हिजाे) भद्रपुर ओर्लन साथ भूई ढोगेर जिल्लामा निर्धारित कार्यक्रममा सहभागी हुन लागे। पहिले आफु नेविसंघको सभापति भएर काम गरेको मेची क्याम्पस पुगे। जहाँ राम थापाको शालिक समेत छ। शालिकमा माल्यार्पण गरे।

भद्रपुर छोडेर बिर्तामोड प्रस्थान गर्दैगर्दा बाटोमा रहेको वीपीको शालिकमा पनि माल्यार्पण गरे। त्यसपछि विश्वप्रकाश सिधैं जिल्ला पार्टी कार्यालय बिर्तामोड पुगे। सयौं कार्यकर्ता अग्रसेन भवनमा उनको प्रतिक्षा गरिरहेका थिए। शर्मा सोझै पार्टी कार्यालय गएर आफैले रोपेको वृक्षमा पानी हाले। र, लेखे – जोजो जहाँ विजयी हुनु भएको छ। सबै मिलेर काम गरौं।

त्यसपछि सिधैं अग्रसेन पुगेका शर्मामाथि शुभकामना दिनेहरु झुम्मिन थाले। निर्वाचित भएको पनि निकै समयपछि झापा आएका शर्मालाई देख्न चहाने, भेट्न चहाने र शुभकामना दिन चहानेहरुको राम्रै भीड थियो। जिल्लामा सालिन नेताका रुपमा स्थापित विश्वप्रकाश कार्यक्रम अवधिभर जिल्लाका नेता, कार्यकर्ताबाट शुभकामना ग्रहण गरिरहे। सहभागी कै दिर्घमा बसेका शर्माले सबैको शुभकामना ग्रहण गर्दै गर्दा जिल्ला नेतृत्व देख्न चाहीँ पाएनन्।

कार्यक्रममा कार्यकर्ताको सहभागिता उत्साहजनक थियो, तर जिल्लाका नेतृत्वको अनुहार देखिएन। १४औं अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित देउमान थेवे, प्रदेश सभापति उद्धव थापा कोहि पनि कार्यक्रममा भेटिएनन्।

झापा र झापालीलाई सम्मान गर्न भन्दै आयोजना गरिएको कार्यक्रम विचार प्रचार अभियान संयोजन समितिले आयोजना गरेको हो। झापाबाट महामन्त्रीमा पहिलो पटक निर्वाचित झापाली कांग्रेस नेता जिल्लामा पहिलो पटक आउँदा जिल्ला पार्टी कार्यालयले भव्य कार्यक्रम आयोजना गर्नुपर्ने हो। तर, कार्यक्रममा सभापतिदेखि जिल्ला समितिका कोहि पनि सहभागी समेत भएनन्। कार्यक्रम आयोजनाका लागि विश्वप्रकाशले जिल्ला सभापतिलाई आग्रह नै गरेको उनका निकट कार्यकर्ताले बताए। सभापति देउमान थेवेले महत्वका साथ समय समेत नदिएको शर्मा पक्षधर एक युवा भन्छन्। जिल्ला समितिले आयोजना नगरेकै कारण विचार प्रचार अभिायनले कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा पूर्व उपसभापति राम कट्टेलले जिल्लाका सभापति थेवे र प्रदेशका सभापति थापालाई नदेखेको भन्दै दुख व्यक्त गरे। उनीहरुलाई विश्वप्रकाशको जस्तो ठुलो मन बनाउन आग्रह गरेका छन्। विश्वप्रकाश चुनावमा पराजित हुँदा माला लगाइदिएर बधाई दिएको स्मरण गर्न आग्रह गरे। कट्टेलले भने– आफु पराजित हुँदा पनि थेवेलाई बधाई दिएर छुटेको जानकारी गराए।

देशभर हाइहाई भइरहेका विश्वप्रकाशलाई यो महाधिवेशनमा कृष्ण सिटौलाले रोक्न नसकेको चर्चा भइरहेको छ। लामो समयदेखि सिटौलाको अवरोधले रोकछेकमा परेका शर्मालाई जिल्ला पार्टीले अझै शुभकामना दिन सकेन। झापा पार्टी शर्मालाई अझै स्वीकृत गर्न नचाहेको कार्यकर्तामाझ कुराकानी भएको छ।

प्रकाशित मिति: : 2021-12-23 07:15:00

प्रतिकृया दिनुहोस्

    यस्तो गर्नु हुँदैन त्यो गर्यो भने उहाँ लाई कहि फरक पर्दैन। किनकि अब ऊहा देसको नेता हो झापाको मात्र होइन।

    • 2 बर्ष अगाडि
    • Rajendra Prasad Niraula