आइपिएल अनिश्चितकालका लागि स्थगित

बिएल संवाददाता

नयाँ दिल्ली

कोरोना भाइरसको बढ्दो संक्रमण सँगै इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चितकालका  लागि स्थगित भएको छ। बिहिबार एक सूचना जारी गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल अर्को सूचना नआउन्जेलका लागि स्थगित गरेको जनाएको छ।

भारतमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ। सरकारले ३ मे सम्म लकडाउन बढाएसँगै आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो।

पछिल्लो समय कोरोना सङक्रमणबाट स्थिति सुधार हुने विश्वासका साथ अप्रिल १५ बाट प्रतियोगिता सुरु हुनेगरि बिसिसिआईले पहिलोपटक प्रतियोगिता स्थगित गरेको थियो।

तर, अवस्था उल्टियो। पछिल्लो समय भारतमा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। र, लकडाउन चलिरहेको छ।

‘देशको स्वास्थ्य र सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। बिसिसिआई फ्रेन्चाइजी मालिक, ब्रोडकास्टर, प्रायोजक र सबै शुभचिन्तकसँग अहिलेको अवस्था सुधार भएपछि मात्र आइपिएल सुरु हुन सक्ने स्वीकार गर्दछ,’ बिसिसिआइले आफ्नो बयानमा भनेको छ।

पछिल्लो रिपोर्ट अनुसार भारतमा १२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् ४ सय २३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-04-16 23:12:49

प्रतिकृया दिनुहोस्