के कोरोना भाइरस 'वुहान प्रयोगशाला'बाट गल्तीले बाहिरिएको हो ?

कोरोना कहरको इपिसेन्टर बनेको अमेरिकामा हजारौ मानिसको ज्यान गएपछि कोरोना भाइरसको उद्गमस्थल चीनलाई लिएर अनेकखाले 'कन्स्पिरेसी थ्यौरी' जन्मेका छन्। दिनहुँजसो नयाँ नयाँ 'कन्स्पिरेसी थ्यौरी' जन्मिएर भाइरल हुने अमेरिकामा बुधबारदेखि एउटा नयाँ 'कन्स्पिरेसी थ्यौरी' चर्चामा छ। त्यो के भने कोरोना भाइरस 'वुहान प्रयोगशाला'बाट गल्तीले बाहिरिएको हो।

त्यही 'कन्स्पिरेसी थ्यौरी' मा आधारित भएर अमेरिकाले अनुसन्धान सुरू गरेको छ। यसको सङकेत अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्वयंले पनि दिएका छन्। 

उनले ह्वाइट हाउसमा बुधबार आयोजित प्रेस व्रिफिङमा कोरोना भाइरसको उत्पति र फैलावटका विषयमा चीनको भूमिकालाई लिएर अनेकौ आशंका भएको र त्यसमाथि अमेरिकाले खोजबिन गरिरहेको बताएका थिए।

कोरोना भाइरसको महामारी सुरू भएको चीनको वुहान सहर चिनियाँ अनुसन्धान प्रयोगशालाको घर मानिन्छ र यहाँ अनेकौ प्रकारका अनुसन्धान भैरहेका हुन्छन्। त्यसमा पनि वुहान इन्स्टिच्युट अफ भाइरोजीले भाइरससम्बन्धी अनुसन्धानका लागि विख्यात छ। यही अनुसन्धानमा चमेराबाट उत्पत्ति भएको भाइरससम्बन्धी अध्ययन भएको बताइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प त्यही अध्ययन कोरोना भाइरससँग सम्बन्धित अध्ययन भएको विश्वास गर्छन्।   

तर, चिनियाँ सरकार ट्रम्पको यो आशंकालाई ठाडै खारेज गर्दै भाइरसको प्रकोप शहरको एउटा भिजेको बजारबाट सुरु भएको बताउँछ। तर, अमेरिकी अध्ययनले के देखाएको छ भने त्यो बजारमा कुनै चमेराको बेचबिखन भएको थिएन र कोरोनाको पहिलो बिरामी र अन्य प्रारम्भिक केसको त्यो बजारसँग कुनै सम्बन्ध छैन। 

हुन त भाइरस प्रयोगशालामा सिर्जना गरिएको भनेर वैकल्पिक सिद्धान्तले भन्दैन तर यो स्वभाविक रूपमा भैरहेको र त्यस सम्बन्धमा अध्ययन भइरहेको थियो  कि भन्ने आशंका बढेको छ। यतिबेला स्वयं चीन सरकार पनि कतै यो भाइरस वुहान प्रयोगशालाको गल्तीले बाहिरिएको त हैन भनेर अध्ययन गरिरहेको अनुमान गरिदैछ।

कोरोना कहरको इपिसेन्टर बनेको अमेरिकामा हजारौ मानिसको ज्यान गएपछि कोरोना भाइरसको उद्गमस्थल चीनलाई लिएर अनेकखाले 'कन्स्पिरेसी थ्यौरी' जन्मेका छन्। दिनहुँजसो नयाँ नयाँ 'कन्स्पिरेसी थ्यौरी' जन्मिएर भाइरल हुने अमेरिकामा बुधबारदेखि एउटा नयाँ 'कन्स्पिरेसी थ्यौरी' चर्चामा छ। त्यो के भने कोरोना भाइरस 'वुहान प्रयोगशाला'बाट गल्तीले बाहिरिएको हो। 

तर, अमेरिकीहरू चीनले त्यो अध्ययन त्यस्तो गल्ती भएको थिएन भनेर प्रमाणित गर्न गरिने एक प्रोक्सी अनुसन्धान मात्र हुने बताउँछन्। 

कोरोना भाइरस कसरी उत्पति भएको थियो र  यो संसारभर फैलन पुग्यो ? दिन वित्दै जाँदा यो थप रहस्यको विषय बन्दै गएको छ। विश्व स्वास्थ्य संगठनले पनि यसमाथि गम्भीर अध्ययन भैरहेको बताएको छ। 

तर, उसले अहिलेको प्राथमिकता त्यतातिर भन्दा पनि यो महामारीबाट कसरी संसारलाई मुक्त गराउने भन्ने तिर हुनुपर्ने बताएको छ। उसले त्यसबारेमा अध्ययन गर्न, निस्कर्ष निकाल्न र यदि कसैले बदमासी गरेको रहेछ भने कारबाही गर्न प्रशस्त समय हुने पनि बताएको छ। 

 

प्रकाशित मिति: : 2020-04-17 05:45:19

प्रतिकृया दिनुहोस्