बालुवाटारको सिंहासनमा मनमगन 'श्री ३'

हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे। लाग्नासाथ घरबेटीले थरीलाई पुकारेछ। थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछिन्- 'भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला।'  भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचौकीमा पुगेछन्। तर चौकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन्। घरतिर सिपाहीले सोही बेहोरा बताई भोलि आउने आदेश दियो। भोलिपल्ट चौकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो। ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो फलाना ठाउँमा आगो लाग्यो भन्दै । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूबाट 'लौ भोलि सम्झाउनू' भन्ने हुकुम भयो। भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो- 'सरकार फलाना ठाउँमा आगोले सिद्धयाएछ।'  काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- 'लौ भोलि नै निभाउन लगाइदिनू।'

यो भैरव अर्यालको 'जय भोलि' निबन्धको एक अंश हो। सत्ताको भोलिवाद उजागर गर्न उनले सहारा लिएको एक प्रसंग।a

प्रकाशित मिति: : 2020-04-17 13:18:11

प्रतिकृया दिनुहोस्