भारतीय नाकामा आमाको काजक्रिया गरिरहेका भट्ट नेपाल प्रवेश

भारतको धार्चुलास्थित बलुवाकोटको क्याम्पमा बिगत पाँच दिनदेखि आमाको काजक्रिया गरेर बसिरहेका दार्चुला निवासी बासुदेव भट्ट नेपाल प्रवेश गरेका छन्। उनलाई भारतको पिथौरागढअन्तर्गतका डिस्ट्रिक म्याजिस्ट्रेड डिएम विजय कुमार जोगदण्डेको सक्रियतामा दत्तु नाकाबाट नेपाल प्रवेश गराइएको हो। 

काेराेना भाइरसकाे संक्रमणकाे आंशकामा विगत २१ दिनदेखि भारतीय नाकामा बस्न विवश भएका १ हजार ६ नेपालीमध्ये भट्टकाे आमाकाे गत बुधबार नेपालमा निधन भएकाे थियाे। तर नेपालले नाका नखाेलेका कारण उनी भारतमै बसेर आमाकाे काजक्रिया गर्न विवश भएका थिए। उनी बसेकाे वलुवाकाेट क्याम्पमा ३ सय ६७ नेपाली बसिरहेका छन्। शनिबार डिएम जाेगदण्डे वलुवाकाेट क्याम्पमा पुगेकाे र उनले भट्टकाे अवस्था हेरेपछि नेपाल सरकारसँग कुराकानी गर्ने बताएका थिए।

याे पनि

धार्चुलामा राेकिएका नेपालीमाथि थपिएकाे दु:ख, आमा बितेपछि उतै काजक्रिया (अडियाे अन्तर्वार्ता)

आमा सम्झिदै यसरी भारतीय भूमिमा काजक्रिया गर्दैछन्, बासुदेव भट्ट (फोटो फिचर)

भारतीय क्याम्पबाट ७३ वर्षीय वृद्धको प्रधानमन्त्रीसँग पुकार, ‘घर आउन देऊ, नभए यहीँ मरिन्छ’ (अडियाे)

 

प्रकाशित मिति: : 2020-04-19 14:37:06

प्रतिकृया दिनुहोस्