बारामा दाल कालोबजारी गर्ने ३ व्यापारी पक्राउ

बारा प्रहरीले दाल कालोबजारी गरेको आरोपमा वीरगन्जस्थित  धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्मालाई पक्राउ गरेको छ ।

कलैयास्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल राहतमा वितरण गरेको गुनासो पछि प्रहरीले शर्मालाई शनिबार साँझ पक्राउ गरेको हो।

शर्मालाई जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको उच्च प्रहरी स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिएको छ। 

प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाउने जनाएको छ। अहिलेसम्म प्रहरीले तीनजनालाई पक्राउ गरेको स्रोतले जनाएको छ । 

दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका धनलक्ष्मी दाल मिलका संचालक शर्मालाई छुटाउन नेकपा बाराका केही नेताले प्रहरीलाई दबाब दिइरहेको स्रोतले जनाएको छ।

यस्तै शर्मालाई हिरासत मुक्त गराउन उद्योग वाणिज्य संघ बाराका केही पदाधिकारी समेत प्रहरीलाई दबाब दिइरहेको प्रहरी स्रोतको दाबी छ । 

प्रकाशित मिति: : 2020-04-19 18:22:35

प्रतिकृया दिनुहोस्