आप्रवासीका लागि बन्द हुदै अमेरिका, जारी नहुने भयो नयाँ भिसा 

आप्रवासीहरूको देश भनिने अमेरिका अन्तत: आप्रवासीका लागि नै बन्द हुने भएको छ। आप्रवासीविरोधी छवि बनाएका राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै यस्तो अप्रत्यासित अवस्था सिर्जना गर्न लागेका हुन्। बुधबार साँंझसम्ममा जारी गरिने कार्यकारी आदेशमा कम्तीमा पनि केही समयका लागि आप्रवासी भिसा बन्द हुने निश्चित छ। 

सोमबार अबेर राति ट्विट गरेर कार्यकारी आदेश ल्याउने घोषणा गरेका राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा आयोजित कोरोना प्रेस ब्रिफिङमा त्यसको ड्राफ्ट भैरहेको पुष्टी गरे।

बुधबारसम्म जारी भैसक्ने बताउँदै उनले त्यसका थप प्रावधानका बारेमा बताउन चाहेनन्। तर, उनले अमेरिकी कामदारको काम सुनिश्चित गर्ने सबै खालका कडा प्रावधान कार्यकारी आदेशमा समेटिने बताए। उनले यो कार्यकारी आदेश कडा हुने बताउँदै अमेरिकी कामदारको काम बचाउन यसको विकल्प नभएको पनि बताए। 

राष्ट्रपति ट्रम्पले संकेत गरेअनुसार  युएससीआईएसका अन्तर्राष्ट्रिय कार्यालयहरू बन्द हुनेछन्। आप्रवासीका लागि नयाँ ग्रीनकार्ड जारी हुने छैनन्। डीभी लट्री जितेकाका लागि अमेरिकी प्रवेशका लागि प्रक्रिया अगाडि बढाइने छैन। कामदार भिसा (एच वन भिसा) जारी गरिने छैन। नेचुराइलेसन प्रक्रियाबाट अमेरिकी नागरिक भएका वा अमेरिकी ग्रीनकार्ड होल्डरका आफन्तका लागि पनि भिसा जारी गरिने छैन।  तर, जसका लागि ग्रीनकार्ड जारी गरिसकिएको छ, त्यसका लागि भने यसले असर पुर्याउने छैन। 

समग्रमा यो कार्यकारी आदेशमा नयाँ आप्रवासी भिसा नै जारी गरिने छैन। 

अब नयाँ ग्रीनकार्ड जारी हुने छैनन्। डीभी लट्री जितेकाका लागि अमेरिकी प्रवेशका लागि प्रक्रिया अगाडि बढाइने छैन। कामदार भिसा (एच वन भिसा) जारी गरिने छैन। नेचुराइलेसन प्रक्रियाबाट अमेरिकी नागरिक भएका वा अमेरिकी ग्रीनकार्ड होल्डरका आफन्तका लागि पनि भिसा जारी गरिने छैन। 

कहिलेसम्म लागू हुन्छ यो कार्यकारी आदेश भन्ने प्रश्नको उत्तरमा राष्ट्रपति ट्रम्पले त्यसका लागि परिस्थितिलाई हेर्नुपर्ने बताए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि एकपटक कोरोना संक्रमण देखाएर आफ्नो आप्रवासीविरोधी अनहुार उदाङ्गो पार्न लागेका हुन्। 

राष्ट्रपति ट्रम्पका आलोचकहरूले यसलाई चुनावी हथ्कण्डाको उपमा दिदै उनले आप्रवासीमाथि गरेको अन्तिम पाप भनेका छन्। आगामी नोभेम्वर ३ मा हुन लागेको राष्ट्रपति निर्वाचन आफ्ना लागि फलामको च्युरा साबित हुँदै गएपछि ट्रम्पले यो 'राष्ट्रवादी हथ्कण्डा' प्रयोग गरेको उनीहरूको आरोप छ। यसले उनलाई थप अलोकप्रिय बनाउने उनीहरूको अनुमान छ।

यसअघि २०१६ मा पनि अमेरिका मेक्सिको सिमामा पर्खाल लगाउने र अमेरिकामा आप्रवासी प्रवेशलाई निरूत्साहित गर्ने घोर राष्ट्रवादी एजेण्डा बोकेर ट्रम्प अप्रत्यासित जीत निकाल्दै ह्वाइट हाउस पुगेका थिए। अहिले उनी दोस्रो कार्यकालका चुनावी मैदानमा छन्। उनी आफूलाई एक कार्यकालको राष्ट्रपतिमा सिमीत नराख्न जसरी भए पनि जीत निकाल्न चाहन्छन्।

प्रकाशित मिति: : 2020-04-22 05:15:44

प्रतिकृया दिनुहोस्