बाहिरबाट आएकालाई उपत्यका प्रवेश निषेध: महानगरीय प्रहरी प्रमुख

डिल्ली पाण्डे

काठमाडाै‌ं

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बाहिरबाट आएका कुनै पनि नागरिकलाई उपत्यका प्रवेश गर्न नदिने बताएका छन्।

अत्यावश्यक काम पर्दा र काठमाडौंमा बस्न असहज भएका केही बाहिर गए पनि भित्रिन नदिने राज्यको नीति भएको भन्दै डीआईजी पोखरेलले बाहिरबाट आएकालाई ‘इन्ट्री’ नभएको बिएल नेपाली सेवासँग बताए। ‘अत्यावश्यक काम परेका नागरिक भित्रनु परेमा हामीले त्यस्ताको पहिचान गरेर स्वास्थ्य परीक्षण पश्चात क्यारेनटाइनमा राख्ने गरेका छौ, बाँकीलाई इन्ट्री छैन,’ उनले भने। 

काठमाडौं भित्रने नाका थानकोट, भक्तपुर, बल्खुलगायतका क्षेत्रमा प्रहरीले कडाई गरेको उनले जानकारी दिए।

सोमबार मात्र पूर्वी नेपाल विराटनगरबाट आएका १६० जनालाई प्रहरीले थानकोट नाकामा रोखेको छ। ७ वटा बसमा आएका उनीहरुलाई प्रहरीले उतै राखेको हो। 

कोरोना भाइरसको संक्राण फैलन नदिन सरकारले एक महिनादेखि लकडाउन घोषणा गरेको छ। यो लकडाउन वैशाख २५ गतेसम्म जारी रहनेछ। लकडाउन लम्बिएपछि काठमाडौं छाड्नेहरुको संख्या बढ्न थालेको छ।

प्रकाशित मिति: : 2020-04-27 10:48:45

प्रतिकृया दिनुहोस्