लकडाउनको प्रभाव विवाहमा, उदाश छन् बरुण–नताशा

वरुण धवनले शुक्रबार, २४ अप्रिलमा जन्मदिन मनाएका थिए। वरुणले गत लकडाउनका कारण आफ्नो जन्मदिन घरमै मनाए। 

यही मौकामा उनकी गर्लफ्रेन्ड नताशा दलालने वरुणको लागि चकलेट केक तयार गरिन्। जन्मदिनमा उनले साथीभाईसँग भिडियो कलमार्फत कुराकानी गरेर दिनलाई खास बनाए।

तथापि, वरुणले जसोतसो जन्मदिन मनाए पनि लकडाउन उनको जीवनमा एउटा अविस्मरणीय घटना बनेर जन्मिएको छ।

लामो समयदेखि प्रेमसम्बन्धमा भएका वरुणले यो वर्ष विवाह गर्न लागेका थिए। उनले यही वर्षको गर्मी याममा विवाह गर्ने भनिएको थियो तर लकडाउनको कारणले विवाह पछाडि सरेको छ। उनीहरु दुवै निराश छन्।

वरुण र नताशा आफ्नो डेस्टिनेसन वेडिङलाई लिएर निकै उत्साहित थिए। दुवैले थाइल्याण्डमा गएर विवाह गर्ने निर्णय गरेका थिए।

उनीहरुले विवाहको नयाँ मिति तोकिसकेका छैनन्। किनभने लकडाउन कहिलेसम्म चल्छ भन्ने कुरा निश्चित भइसकेको छैन।

प्रकाशित मिति: : 2020-04-27 22:26:03

प्रतिकृया दिनुहोस्