मुम्बई पुलिसलाई अक्षय कुमारको दुई करोड सहयोग

बलिउड अभिनेता अक्षय कुमारले मुम्बई पुलिसलाई दुई करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मुम्बई पुलिसले ट्वीट गरेर अक्षयले मुम्बई पुलिस फाउण्डेसनका लागि २ करोड रुपैयाँ सहयोग गरेको जानकारी दिएको हो।

 उक्त सहयोगका लागि अक्षय कुमारलाई मुम्बई पुलिसले धन्यवाद दिएको छ।

उनले यसअघि नै भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा २५ करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका थिए। त्यस्तै केही दिनअघि मुम्बई स्थित गेइटी ग्यालेक्सीका सञ्चालक मनोज देसाइमार्फत् सिनेमा हलका कर्मचारीलाई आर्थिक सहयोगको प्रस्ताव समेत राखेका छन्।

यसअघि उनले तीन करोड ब्रिहमुम्बई नगर निगम पीपीई खरिद् गर्नका लागि उपलब्ध गराइसकेका छन्।

प्रकाशित मिति: : 2020-04-29 08:30:40

प्रतिकृया दिनुहोस्