बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् । क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ ।
६७ बर्षिय अभिनेता कपुरलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।
अहिले उनको स्वास्थ्य स्थीर रहेको उनका दाजु रणधीरले बताए।
ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए। उनको स्वास्थ्यमा समस्या देखिदा गत फेब्रुअरीमापनि अस्पताल भर्ना भएका थिए ।
उनी फेरि अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल प्रयोगकर्ताले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।