ऋषि कपुरले भनेका थिए, ‘मलाई संक्रमण भएको छ, म चाँडै निको हुनेछु’

बलिउडका प्रसिद्ध अभिनेता ऋषि कपुरलाई बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। पछिल्लो केही दिनदेखि उसको स्वास्थ्य अवस्था खराब थियो। 

६७ बर्षिय अभिनेता कपुरलाई श्वासप्रश्वासमा समस्या थियो। अस्पतालमा उनका पत्नी नीतू सिंह र उनका भाई रणधीर कपुरले मात्रै थिए।

रणधीरले बिहीबार बिहान मात्रै भनेका थिए,‘उनी ठीकै छैनन्, क्यान्सरबाट पीडित छन् र सास फेर्न गाह्रो छ, त्यसैले उनलाई अस्पतालमा भर्ना गरिएको छ। उसको अवस्था अहिले स्थिर छ।’

कपुरको स्वास्थ्य अवस्था फेब्रुअरीको सुरूमा बिग्रिएको थियो।, त्यसबेलादेखि उनी निरन्तर अपचाररत् थिए। उनले डाक्टरको निर्देशनमा औषधि प्रयोग गरिरहेका थिए।

हुन त उलाई क्यान्सर भएको २०१८ मै पत्ता लागेको थियो। तर ११ महिना ११ दिनसम्म अमेरिकामा उपचार गराएका उनी स्वास्थ्य भएका थिए। उनी गत वर्ष सेप्टेम्बरमा अमेरिकाबाट फर्केका थिए। जब कपुर न्यूयोर्कमा थिए, उनका छोरा  अभिनेता रणबीर कपुर पनि आफ्नो बुवालाई भेट्न गएका थिए। उनीसँगै अलिया भाटदेखि थुप्रै कलाकार अमेरिका पुगेर स्वास्य लाभको शुभकामना दिएका थिए।

भारत फर्केपछि कपुर एकदम स्वस्थ्य थिए। तर स्रोतले भने कपुरको स्वास्थ्य पछिल्लो एक महिनादेखि निरन्तर बिग्रँदै गइरहेको दाबी गरेको थियो। उनले आफूलाई ‘इन्फेक्सन’ भएको र उपचार भइरहेको बताएका थिए। 

‘चिन्ता लिने कुनै कुरा छैन। सम्भवतः प्रदूषणको कारण, मलाई संक्रमण भएको छ,’उनले भनेका थिए,‘म चाँढै निको हुनेछु।’

उनी आफू स्वास्थ्य रहेको दाबी गरिरे पनि आफ्नो भतिजा अरमान जैनको मेहन्दी समारोहमा उपस्थित हुन सकेनन्। त्यतिखेर पनि हतारमा उनलाई दिल्ली अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: : 2020-04-30 10:38:45

प्रतिकृया दिनुहोस्