राहतकाे चामल गुणस्तरहीन भेटिएपछि गोदाममा छापा, नमूना हेटौंडा पठाइयाे

वीरगञ्ज महानगरले वितरण गरेको राहतमा केही वडामा गुणस्तरहीन चामल भेटिएपछि अनुगमन टोलीले विभिन्न गोदाममा छापा मारेको छ।

सोही क्रममा बिहीवार वडा नं. १४ को गोदाममा पुगि अनुगमन टोलीले छापामारी चामलको नमूना सङ्कलन गरेको हो। न्यू बोलबम खाद्य सप्लायर्स, अनुज खाद्य भण्डार, विद्याञ्चल खँद्य भण्डारबाट आएको चामलको नमूना अनुगमन टोलीले लिएको छ । 

टोलीले तौल कम देखिएको चामलको बोरासमेत लिएर गएका छन् । तर टोलीले हिजो बोरामा भेटिएको कुहिएको चामलको नमूना लिएको छैन । शील खोलिएको बोराको नमूना परीक्षणका लागि लिन नमिल्ने बताएका छन्। 

शील बोराको नमूना लिएर अनुगमन टोली गएको वडाध्यक्ष भरत कुर्मीले जानकारी गराएका छन् । कुहिएको चामलको नमूना सङ्कलन गरिनुपर्ने स्थानीयले माग गरेका छन्। उनीहरूले सील खोलिएको बोरामा कुहिएको देखिएपछि त्यसको नमूना नलिँदा विवाद गरेका थिए। 

उक्त नमूना खाद्य अनुसन्धान केन्द्र हेटौंडा पठाइएको छ। रिपोर्ट आएपछि कसूर अनुसार कारबाई गरिने जिल्ला प्रशासन कार्यलय पर्साका प्रवक्ता सप्रजिअ ललित बस्नेतले बताए। उनको कमाण्डमा वाणिज्य, गुणस्तर तथा नापतौल, जिल्ला प्रहरी, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति: : 2020-04-30 15:33:32

प्रतिकृया दिनुहोस्