लकडाउनमा रक्तदान

विश्वभर माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागि सरकारले देशभर लकडाउन गरेको छ।

यो अवस्थामा पनी बिरामिलाई रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी बगही उपशाखाको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ।

वीरगञ्ज रक्त संचार केन्द्रमा रगतको अभाव भइरहेकोले अस्पतालमा आउने बिरामीका लागि उपलब्ध गराउन बगहीका ३० जना स्थानीयले रगतदान गरेको रेडक्रसका सहायक राजन श्रीवास्तवले बताए । 

रेडक्रसका उपशाखाहरुलाइ रक्तसञ्चार केन्द्रबाट रगत उपलब्ध गराउनमा कठिनाइ भइरहेको  र लकडाउनको समयमा रक्तदान कार्यक्रमको आयोजना नहुने भएकोले रगतको अभाव हुने गरेको रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुश्वाहाले बताए। 

उनले यस्तो बिषम परिस्थितिलाई ध्यानमा राखी रेडक्रसका उपशाखाहरुले रक्तदान कार्यक्रमको आयोजना गरि बिरामिहरुलाई सहयोग गर्दै आएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-30 19:25:09

प्रतिकृया दिनुहोस्