बालिका बलात्कार गरेको आरोपमा युवकमाथि कुटपिट, चार जना पक्राउ

पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्तामा बालिका बलत्कार गरेको आरोपमा युवकलाई कुटपिट गरेपछि ४ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय विरञ्चीवर्वाको टोलीले स्थानिय २० बर्षीय दिपेन्द्र चौरसियालाई कुटपट गरेको आरोपमा ईमतियाज मिया, तैयब मिया, नौसाद मियालाई पक्राउ गरेको छ।

पक्राउ परेका र कुटिने चौरसियालाई समेत नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा पठाएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमारले जानकारी दिए । 

‘बालिका बलत्कारको आरोप चौरसियालाई लगाइएपनि पुष्टि हुन सकेको छैन,’उनले भने,‘ हामीले पीडित बालिकालाई स्वास्थ्य जाँच गर्नका लागि वीरगञ्ज पठाएका छौं।’

प्रहरीका अनुसार चौरसियालाई उनीहरुले घरमा बोलाएर कुटपिट गरेपछि आइतबार बिहान युवकसहित निजका घरपरिवारले घटनाको बिषय बुझन खोज्दा दुई पक्षबीच झडपको अवस्था सृजना भएको थियो।

एक पक्षले बालिकालाई जवरजस्ती करणी भएको आरोप लगाएको छ भने अर्को पक्षले विना कारण आफूमाथि हातपात भएको बताएको छ ।

प्रकाशित मिति: : 2020-05-03 15:30:58

प्रतिकृया दिनुहोस्