लकडाउनले प्रभावित दलितका लागि खाद्यान्न राहत वितरण

लकडाउनले प्रभावित पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रहेका दलितलाई खाद्यान्न राहत वितरण वितरण गरिएको छ । गाउँपालिकाको वडा ५, महुवनमा रहेका ३० घरधुरीका दलित परीवारलाई सोमबार खाद्यान्न राहत वितरण गरिएको हो । 

कोरोना भाइरसको संक्रमणबाट देशभरी लकडाउनको रहेको अवस्थामा  दैनिक ज्यालादारी गरि गुजारा गर्ने दलित समुदाय अहिले बढि प्रभावित भएका छन्। यस्तो अवस्थामा दलित अधिकार समाज पर्सा तथा पिस फर दलित फाउन्डेशन नेपालको पहलमा  समता फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सो खाद्यान्न राहत वितरण गरिएको सामाजिक अभियन्ता मनोज रामले बताए । 

खाद्यान्न राहतमा एक परीवारलाई ११ केजी चामल , १ केजी नुन , १ केजी दाल, १ लिटर तेल ,मसला , १ केजी आलु र नुहाउने साबुन वितरण गरिएको समता फाउन्डेसन नेपाल ललितपुरका अध्यक्ष प्रदीप परियारले बताए ।

प्रकाशित मिति: : 2020-05-04 13:48:08

प्रतिकृया दिनुहोस्