रस्मिला कवाङ ‘रश्मि’
दियो बालेँ झ्यालभरि 
रंगहरुले पोतेँ भुइँहरु 
मखमली अनि सुनाखरी 
कौशीभरि फुलाएँ
यति गरेपछि त तिहार आउँछ 
यमपञ्चकसँगै हरेकदिन 
काग, कुकुरको पूजा 
लक्ष्मीपूजा गर्दै
भैलिनी अनि देउसीरे 
आँगनमा नाच्दै गाउँदै 
यसरी नै त हो 
तिहार आउने 
हरेक साल 
उस्तै उही तरिकाले। 
र, पनि अनुहार खुल्दैनन्  
उजेली हुदैनन् आँखाहरु 
ओठहरु मुस्कुराउन खोज्दैनन् 
सायद समय बदलिसकेछ
रहर, बालापन अनि उत्साह 
पत्तै नपाई बितिसकेछ 
जीवनको रफ्तारसँगै 
सबै परिवर्तन हुन्छन् 
मौसमजस्तै बिस्तारै।
सेलरोटी, मुटुमारी नाम्लोभरि
झिलिमिली संसार 
म्हपूजा गर्दै 
भाइटीका गर्दै 
कति रमाइलो कति खुशियाली 
दिदी-भाइको मिठो भेट 
निधारभरि सप्तरंग 
अनि त लाग्छ,
जीवन कति सुन्दर छ 
रंगजस्तै चहकिलो 
दियोजस्तै उज्यालो !
ओखर, मसला अनि मखमली माला 
तेलको रेखाले दाजु-भाइलाई 
दीर्घायुको कामना 
सफलताको कामना 
यसरी नै त हो दीपावली मनाउने !
दिन अनि साल हुँदै 
यसरी तिहार नभएको 
सायद कति पो भयो क्यार !
अब त सम्झिँदा पनि मन 
मुटु, आँखाहरु ओशिञ्छ 
यो साल अर्को साल भन्दाभन्दै 
दशक बितेको थाहै नपाइ 
फेरि पनि दीपावली आइसकेछ
यसरी नै मलिन अनुहार लिदै । 
फूलैफूलको चाड 
झिलिमिली दियोको ज्योति 
त्यो गाइतिहारो भैलोको धून 
अझै मनमा छ उस्तै
 हिजोजस्तै नै 
अनि,
बितेका ती मिठा यादहरुमा भुल्छन् 
नयाँ-नयाँ सपनाहरु सजाएर।
साथी-भाइसँगको साथ 
रातभरि नाचेका गाएका 
सबै पलहरु सम्झिँदै 
फुलाउन खोज्छन् 
अजम्बरी फूलहरु 
जीवनका भाकाहरुमा 
कलेटी परेका ओठहरूमा
मुस्कान फिजाउँदै।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया