शिल्पा लेख्छिन्: हामी कति फेरियौं, वास्तविकता जति नै तितो भएपनि रमाइलो छ

ठूलो पर्दाको अभिनयबाट टाढा रहेकी बलिउड नायिका शिल्पा सेट्टी आफ्ना श्रीमान् र छोरासँग हास्यास्पद भिडियोमा देखिन्छिन् ।

हालै, शिल्पाले एउटा भिडियो सोसल मिडियामा सेयर गरिन् जसमा उनले निकै ठट्यौली पारामा विवाह अघि र पछिको अन्तरबारे बताएकी छिन् ।

यो भिडियो शिल्पाले टिकटकमा बनाएकी छिन् र इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

भिडियोमा शिल्पालाई श्रीमान् राज कुन्द्रासँग देख्न सकिन्छ । विवाहको अघि भन्दै शिल्पा श्रीमानसँग मस्किएर मन्द मुस्कानसहित हाँसिरहेको देखिएकी छिन् भने विवाहपछि उनको अनुहार नै परिवर्तन हुन्छ र उनले ठूलो मुख पारेर मन खोलेर हासिरहेको देख्न सकिन्छ । 

यो भिडियो निकै भाइरल भइरहेको छ । भिडियो सेयर गर्दै शिल्पाले लेखेकी छिन्, ‘हामी कति फेरियौं । वास्तविकता जति नै तितो भएपनि रमाइलो भने छ ।’
 

प्रकाशित मिति: : 2020-05-06 13:49:37

प्रतिकृया दिनुहोस्