कमल नेपाली
ए भुँडी ! तँ कस्तो बैगुनी भुँडी
मिठो–मिठो खानेकुरा तैँले पचाउने,
अनि तँलाई बोकेर मैले हिँड्नु पर्ने?
ए भुँडी ! तँ कस्तो बैगुनी भुँडी?
ए भुँडी ! तँ भोकाइस् भने मैले परिश्रम गरेर
तँलाई खुवाउनु पर्ने,
तँलाई ग्यास्ट्रिकले मर्नु हुँदा, औषधि मैले खाइदिनुपर्ने,
अनि म हिँड्डुल गर्न खोज्दा
तैँले मलाई डिस्टर्ब गर्नु पर्ने?
ए भुँडी, तँ कस्तो बैगुनी भुँडी?
ए भुँडी तँ फुट्ने गरी नघिच्नसम्म,
तँलाई निन्द्रा नि लाग्दैन,
तँ घिचिरहन्छस्...
अनि मलाई थिचिरहन्छस् ...
ए भुँडी ! तँ कस्तो बैगुनी भुँडी
ए भुँडी ! तँ घटोस् भनेर
जिमखानाको मालिकको
एक तल्ला बढाइदिएँ,
तर, सजिलै तँ घट्दैनस्, तँ कस्तो अटेरी भुँडी?
ए भुँडी ! तँ कस्तो निर्लज्ज भुँडी?
(भुँडीले भन्छ...)
ए मनुष्य ! तँ धेरै प्यार–प्यार नगर,
मै भुँडी भएरै तेरो इज्जत जोगाएको छु।
मिठो-मसिनो तातो–चिसो पिइरहेको छस्,
मै भएरै आफूलाई खानदानी भन्दै जिइरहेको छस्,
यदि मलाई घटाउनु नै छ भने हेर मनुष्य ,
मुखभन्दा बढी खुट्टा चला।
जिब्रो भन्दा बढी दिमाग चला।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया