मान्छेहरू साँघुरिएका छन्-फराकिला छैनन्

विक्रमवीर थापा

(शिलोङ, भारत)

म भारतवासी हुँ, यसैकारण मैलै नेपालीभाषी गोर्खे समाजको साघुँरिएको  विचारभित्र वा सोचाइभित्र सीमित रहनु– म कुवाँको ब्याङ्क हुनु हो। मेरो सोचाइ वा तपाईँहरूको सोचाइ भारतेली स्तरको हुनुपर्छ तर यो हामीमा छैन। सोच र बिचारहरू साँघुरिएका छन्। गोर्खेभित्र मात्र हुने विचार छ यसैकारण कुनै पनि विषयमा विश्लेषण नगरी सोझै टिप्पणी गर्छ। यसको जिउँदो उदाहरण हो – मैले ब्राह्मण र मन्दिरसम्बन्धी बक्समा हालिदिएको अभिव्यक्ति।

मैले सामाजिक सञ्जालका एकाउण्टमा अहिलेसम्म नेपालीभाषी बाहुन लेखेको छैन। विश्वास लाग्दैन भने मेरा लेख सबै शोध गर्नुहोस् – मलाई लाग्छ भेट्नुहुन्न। किनकि, मैले लेखेकै छैन।

मैलै त भारतेली परिप्रेक्ष्यमा हेरेर छुवाछूत, सानो–ठूलो जात, मन्दिर, ब्राह्मणादीको कुरा हाल्ने लेखे। हाम्रो गोर्खा समुदायमा समभाव आओस् भनेर, गोर्खामा मात्र बाहुन जाति छैन। भारतका सबै समुदायभित्र बाहुन जाति छन् यसैकारण मैले भारतेली दृष्टिकोण लिएर लेखादि लेखेँ तर हाम्रा समुदायका बाहुनहरूलाई किन लागेको – हामीलाई नै भनेको भनेर – कमेन्टले यहीँ कुरा बुझाउँछ।

उदाहरणको रूपमा मैलै कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिएको थिएँ, जुन भिडियोमा भारतदेशको हितमा भारतका प्रसिद्ध मन्दिरहरू एवम् यी मन्दिरहरूसँग सम्बन्धित ब्राह्मणका कुरा छन्।

कुण्डलीका कुरा छन्। यो भिडियोलाई भारतमा हजारौँ मान्छेहरूले हेरिसकेका छन्। राम्रो मानेका छैन्। यहीँ भिडियोको आधारमा मैले आफ्नो अभिव्यक्तिहरू बक्समा हालिदिँदा गोर्खाभित्रका कतिपय मानिसहरुले साँघुरिएको विचार राखे – भारतमा भारतेली बाहुनहरू छैनन्, हामी नेपालीभाषी बाहुन मात्र छौँ। कमेन्टले यही दर्शाउँछ।

मानिसहरुको सोच फेरियोस्। आज संसारको आधुनिक गति तिब्र छ। हामी गोर्खाहरु बुझ्दै नबुझीँ टिप्पणी गर्न हतारिन्छौं। कुनै पनि मानिसको सोच वा विचार गलत हुँदैन – नराम्रो ढंगले बुझ्नु पनि हुदैँ हुदैन। सामाजिक सञ्जाल या कुनै मनुष्यबाट आएका भनाइहरुलाई पहिले त सकारात्मक सोचले ममन गरौं। मलाई मेरो समाजका मानिसहरु देख्दा यस्तो लाग्छ कि – हाम्रा मान्छेहरू साँघुरिएका छन् – फराकिला छैनन्।

प्रकाशित मिति: : 2020-05-09 12:30:00

प्रतिकृया दिनुहोस्