मुख्य आरोपितको बयान लिन हच्कियो प्रहरी, महोत्तरीबाट फर्कियो अनुसन्धान टोली

नेपाल लाइभ

काठमाडौं

काठमाडौं- पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको)का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानका लागि महोत्तरी गएको प्रहरी टोली काठमाडौं फर्किएको छ। गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानका लागि भन्दै महोत्तरी गएको प्रहरी निरीक्षक नेतृत्वको टोली फर्किएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रहरी निरीक्षक देवी पौडेलको कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी गएको टोलीले गत शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाएको थियो। मुचुल्कासँगै यादवको परिवारको सदस्यसँग समेत सोधपुछ गरिएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: : 2020-05-13 08:26:14

प्रतिकृया दिनुहोस्