‘सडक खुद्रा विषय हो, भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ’

भारतले नेपालको अतिक्रमित भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सीमा सुरक्षा र अतिक्रमित भूमि फिर्ताको मुद्दाले सडकदेखि सदन ततायो। सरकारले त्यस विषयमा कूटनीतिक नोट जारी गर्यो र वार्ताका लागि भारत सरकारलाई पत्र पठायो। तर भारत तत्काल वार्ताका लागि अनिच्छुक देखियो। दार्चुलाबाट दुई पटक निर्वाचित नेकपा सांसद गणेश ठगुन्ना लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दाबी गर्ने आधार र तथ्य भारतसँग नभएका कारण उसले वार्तामा बस्न अनिइच्छा देखाएको दाबी गर्छन्। भारतले अतिक्रमित भूमिमा बनाएको सडकको कुरा भने खुद्रा भएको उल्लेख गर्दै ठगुन्ना भन्छन, ‘मुल विषय भनेको नेपाली भूमि फिर्ता ल्याउने हो। एउटा एउटा योजनामा गएर वार्ता गर्न थाल्यौ भने मुल विषय ओझेलमा पर्छ।’ भारतले अतिक्रमण गरेको भूगोलको अवस्था, नेपाल सरकारले चाल्नुपर्ने कदमबारे अन्नपूर्णकर्मी नरेन्द्र साउदले सांसद गणेश ठगुन्नासँग गरेको कुराकानी : 

प्रकाशित मिति: : 2020-05-20 13:36:13

प्रतिकृया दिनुहोस्