एडीबीले दियाे नेपाललाई दुई अर्ब ५० करोड सहुलियत ऋण

बिएल संवाददाता

काठमाडाै‌ं

एसियाली विकास बैंक एडीबीले नेपाललाई दुई अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने स्वीकृति दिएको छ।

मंगलबार एडीबीले विज्ञप्ति मार्फत उक्त सहुलियत ऋणको स्वीकृति प्रदान गरेको जानकारी गराएको हो। नोबेल कोरोना भाइरस (कोभिड १९) बाट बच्‍न, जनस्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने र प्रतिकूल आर्थिक अवस्थालाई न्यूनीकरण गर्ने ऋण दिएकाे हाे। खासगरी महामारीको सामाजिक प्रभावहरु गरिबी निवारणका लागि उक्त ऋण प्रदान गरिएको एडीबीले जनाएको छ।

‘एडिबी यस निर्णायक घडीमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ। यो सहुलियपूर्ण ऋणबाट सरकारले यसका रोकथामका उपायहरू निरन्तरता दिन, गरिब र विपन्न वर्गको लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र छिटो आर्थिक सुधारका कार्यक्रमहरु तय गर्न सक्नेछ,’एडीबीका अध्यक्ष मसासटुगु असकावाले भनेका छन्।

उनल कोविड–१९ जस्तो माहामारी एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बनेको छ र यसले नेपालको समग्र सामाजिक र आर्थिक विकासमा नराम्रोसँग असर पारेको बताए। 

एडीबीले दिएको उक्त सहयोग माहामारीको बेलामा दिने वैकल्पिक सहयोग (सीपीआरओ) हो जुन एडीबीको अधिनमा रहेर सञ्‍चालन हुने गर्दछ। उक्त सहयोगका लागि एडीबीले १३ अप्रिलमा कोरोना माहामारीबाट प्रभावित आफ्ना ६८ सदस्य राष्ट्रहरुका लागि २० अर्ब डलर घोषणा गरेको थियो।

एडीबीको उक्त सहयोगले गरीब र कमजोर घरपरिवारलाई खाद्यान्न सहयोग वितरण गर्न, बेरोजगार गरीब, विशेष गरी महिला अनि विदेशबाट फर्केका प्रवासी कामदारहरूलाई रोजगारी सहयोगको व्यवस्था गर्न, सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न सरकारलाई सहयोग गर्नेछ। यसका साथै यो ऋणलाई प्रभावित सूक्ष्म, साना, र मध्यम आकारका उद्यमहरूमा विस्तार गरिनेछ।

 

प्रकाशित मिति: : 2020-05-26 18:27:16

प्रतिकृया दिनुहोस्