यू- १९ एसिया कप

भारतविरुद्ध नेपालकाे लज्जास्पद प्रदर्शन, ५२ रनमै अलआउट, कसैले पनि जाेड्न सकेनन् दाेहाेराे अंक

एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भएकाे छ। मंगरबार युएईमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएकाे हाे।

भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दाेहाेर अंक बनाउन सकेनन्।

नेपालका दीपक बाेहरा १, अर्जन कुमाल ७, उत्तम मगर शून्य, देब खनाल २, गुलसन झा ४, दीपक डुम्रे शून्य, दीपक बाेहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २, हेमन्त दामी ८ तथा आकाश चन्द ४ रनमा आउट भए।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए।

प्रकाशित मिति: : 2023-12-12 13:34:00

प्रतिकृया दिनुहोस्