खेलकुदले जुराएको प्रेममा जात तगारो, कसरी मारिए नवराज?

नेपाल लाइभ

काठमाडौँ

नारायण अधिकारी

२०७६ मंसिरमा रुकुमको चौरजहारीमा भलिबल खेल चलिरहेको थियो। जहाँ गजव स्पाइक हान्दै थिए नवराज बिक। नवराजको हरेक सटमा उनका टिमका समर्थक ताली पड्काइरहेका थिए। विद्यालय र स्थानीयस्तरका प्रतियोगितामा नवराजको खेल कौशल परिचित थियो। 

खेलाडी नवराज गाउँटोलका प्रतियोगितामा यताउति पुगिरहेका हुन्थे। यही शिलशिलाले २०७६ को मंसिरमा उनी भलिबलकै लागि जाजरकोटबाट रुकुमको चौरजहारी पुगेका थिए। 

‘भलिबल खेल्न चौरजहारी गएकै बेला मेरो छोराको ती किशोरीसँग चिनजान भएको रहेछ। फेसबुकमा साथी पनि भएछन्। कुरा हुँदै जाँदा पछि प्रेम बस्यो’, नवराजकी आमा उर्मिलाले सुनाइन्। 

प्रकाशित मिति: : 2020-05-27 07:15:56

प्रतिकृया दिनुहोस्