आज बजेट : सीमित स्रोत तर असीमित आकांक्षा, चालु खर्च कटौती र पूर्वाधार निर्माणमा जोड

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र

अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो तेस्रो बजेट बिहीबार (आज) दिउँसो ४ बजे प्रस्तुत गर्दैछन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको आय र व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। 

कोरोना महामारीले थला परेको अर्थतन्त्रलाई गति दिने गरी आगामी बजेट प्रस्तुत हुने निजी क्षेत्र र आम जनताको अपेक्षा छ। बन्द भएका व्यवसायलाई पुनर्जीवित दिने, रोजगारी सिर्जना हुने कार्यक्रम तयार गर्ने, कृषिको व्यावसायीकरणका लागि आधारशिला तयार गर्ने, लगानी वृद्धि गर्ने तथा सीप विकासका कार्यक्रमसहित बजेट आउने अपेक्षा धेरैको छ। यसैगरी अर्थतन्त्रलाई पुनर्जीवित गर्ने गरी विशेष प्याकेजको अपेक्षा निजी क्षेत्रले गरेको छ। 

प्रकाशित मिति: : 2020-05-28 08:14:03

प्रतिकृया दिनुहोस्