डा‍. केसी पनि लागे कालापानी नजिकको गाउँ छांग्रुतिर

श्याम भट्ट

कञ्चनपुर

लकडाउनको लामो समय डडेल्धुरा अस्पतालमा बिताएका डा‍.गोविन्द केसी बिहीबार ब्यासको दुम्लिङबाट कालापानी नजिकको गाउँ छांग्रु लागेका छन्। 

भारतले जबरजस्ती नेपाली भुमि मिचेर सडक बनाएपछि राष्ट्रिय र अन्तरार्ष्टिय चर्चामा रहेको कालापानी क्षेत्रमा शसस्त्र र सेनाका ब्यारेक खडा‍ भई सकेका बेला केसी पनि ब्यासतिर लागेका हुन्।  उनी आज साँझ छांग्रु पुग्ने छन्।

डडेल्धुराबाट बझाङ, बैतडी हुँदै एक तीनसाता अघि दार्चुलाको गोकुलेश्वर पुगेका केशी पछिल्ला दिनमा दार्चुलाका विभिन्न गाउँ डुल्दै स्वास्थ्य उपचार गरिरहेका थिए ।

चार दिन अघि ब्यास गाउँपालिकाको सुनसेरामा दुई दिने स्वास्थ्य शिविरमा डेढ सय जनाको उपचार गरेका थिए। उनले बुधबार सुनसेराबाट १२ किलोमिटर उत्तरको दुम्लिङमा पनि स्थानियको स्वास्थ्य उपचार गरेका थिए ।

ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीका अनुसार पालिकाले औषधीको ब्यवस्था गरेपछि डा‍.केसी ब्यास आएका थिए । प्राय कम बोल्ने केसीले आफु छांग्रु जाने कुरा गर्दै आएका थिए । 

आफ्ना विभिन्न माग हरु बारे उनले तिन  अिघि गाउँपालिकामा प्रेश विज्ञप्ती समेत छाडेर गएको बुढाथोकीले विएल नेपाली सेवालाई बताए । 'आफ्ना माग बारे उनले दुई दिन अन्र्तराष्ट्रिय सीमा गाँउमा सत्याग्रह गर्न सक्ने संकेत दिएका थिए', बुढाथोकीले भने ।

डा‍.केसीले अहिलेम्म स्वास्थ्य क्षेत्रमा रहेका बेथितिविरुद्ध सुधार र अवसरहरुलाई आफ्ना प्रमुख मुद्दा बनाएका छन् ।   

प्रकाशित मिति: : 2020-05-28 15:27:22

प्रतिकृया दिनुहोस्