न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले पार्टीकाे ८औँ महाधिवेशनकाे उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशमा रूपान्तरणा गरेसँगै शनिबार साँझ बसेकाे स्थायी कमिटी बैठकले उक्त निर्णय गरेकाे हाे।
तथापि महाधिवेशन भन्ने नभन्नेबारे अहिले जारी केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्नुपर्नेछ। माओवादीको महाधिवेशनकाे उद्घाटनसत्र आज दिउँसाे १ बजे कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ।
‘महाधिवेशनमा गएपछि उद्घाटन समारोहमा सबै राजनीतिक नेतृत्वलाई निमन्त्रणा गरिनेछ,’ स्थायी कमिटी बैठकअघि एक नेताले भने,‘तर, महाधिवेशन भन्ने नभन्नेबारे अहिले बस्ने बैठकमा निर्णय हुन्छ।’
त्यस्तै, माओवादीकाे महाधिवेशनमा अन्य पार्टीका नेतृत्वलाई निमन्त्रणा गरिरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हाेलान्/नहाेलान् भन्नेबारे धेरैले चासाे दिएका छन्। यसअघि गत मंसिर १० मा एमाले महाधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नगएर अन्य नेतालाई पठाएका थिए। नेकपा विभाजनपछि ओली–प्रचण्डकाे सम्बन्धमा दरार आएकाे छ। त्यसैले माओवादीकाे सम्मेलनमा ओलीकाे सहभागीताले ठूलाे अर्थ राख्नेछ।
यद्यपि माओवादीले अहिलेसम्म निमन्त्रणा भने पठाइसकेकाे छैन। जसकाे टुङ्गाे स्थायी कमिटी बैठकपछि लाग्नेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया