अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट विनियोजन

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले आगामी वर्षका लागि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भविन निर्माण तथा सञ्चालन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा पोखरा विमानस्थल निर्माण सम्पन्न गर्नका लागि उक्त बजेट निर्माण गरिने जानकारी गराएका छन्।

त्यस्तै, सुर्खेत र भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाउनका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-28 18:19:19

प्रतिकृया दिनुहोस्