बाराका ६ जना कोरोना संक्रमित प्रहरी डिस्चार्ज

बाराका ६ जना कोरोना संक्रमित प्रहरी बिहिबार डिस्चार्ज भएका छन्।

कलैया उप महानगरपालिका गंगानगरस्थित शैक्षिक तालीम केन्द्रको आईसोलेशन वार्डमा उपचारत ६ जना प्रहरी बिहिबार निको भएर डिस्चार्ज भएका हुन्।

बाराका जना ७ प्रहरी मध्ये ६ जना को रिपोर्ट नेगेटिभ आएको र अर्का १  प्रहरीको रिपोर्ट भने आउन बाँकी रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘डिस्चार्ज हुने सबै नेपाल प्रहरी हुन्। एक जनाको रिपोर्ट आज बेलुका ५ सम्म आउँछ’, उनले भने।

उक्त आईसोलेशनमा बाराका ६ संक्रमितको लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनिहरू कोरोना मुक्त भएको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रसाद मण्डलले  बिएल नेपाली सेवालाई जानकारी दिए। अझै यो आइसोलेशनमा ४४ जना उपचाररत रहेको प्रहरी उपरिक्षक पंगेनीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-04 12:17:20

प्रतिकृया दिनुहोस्