शुक्रबार, ०८ अगस्ट २०२५

सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ, यातायात ठप्प 

Photo-NK
• • •

बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन्।

बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।

इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो। ढुङ्गा प्रहारपछि कारको अगाडिको भाग फुटेको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेकपाले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ।

बिहानैदेखि धरान, इटहरी, इनरुवालगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन बन्द छन्।

मंगलबार, कार्तिक ३०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)