जुम्लाकाे क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु, स्वाव संकलन गरिदै

जुम्लामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिकाे मृत्यु भएको छ।

चन्दननाथ नगरपालिका ८ भैरव माध्यामिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए। 

उनका अनुसार मृतक २१ गते बाहिरबाट आएका थिए। उनी लामो समयदेखि दम रोगबाट पीडित रहेको खुलेको छ।

बिहीबार राती नौ बजे मृत्यु भएका ती व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाव संकलनको कार्य भइरहेको छ।

प्रजिअ भुपेन्द्र थापासहित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको टोली स्वाव लिन गएको छ।

प्रकाशित मिति: : 2020-06-05 12:06:31

प्रतिकृया दिनुहोस्