एकान्तमा
आफैं सँग बात गर्ने व्यक्ति
लाग्छ कि ऊ पूरा पागल छ
हो पनि ....
तर
एक्लोपनमा बात गर्न
आधा पागल हुनु भन्दा
एकान्तमनमा बात गर्न
पूरा पागल हुनु नै ठिक हुन्छ
किन कि
एक्लोपन “असिपत्रवन” जस्तो हो
जस्ले हरेक पल
भित्र सम्म
अत्यन्त यातना दिन्छ भने
एकान्तमन “कल्पवृक्षवन” जस्तो हो
जस्ले हरेक पल
इच्छित कामनालाई
पूरा गरिदिन्छ
वास्तवमा
आफूं संग स्वयं अनभिज्ञ हुनु
एक्लोपनको परिणाम हो भने
आफू संग आफैं परिचित हुनु
एकान्तमनको परिणाम हो
त्यसैले
एक्लोपनको सम्बन्ध
एकान्तमन संग होस्
अनि
एक्लोपन प्रश्न बन्छ भने
एकान्तमन उसको उत्तर बनोस्
एक्लोपनमा बात गर्न
आधा पागल हुनु भन्दा
एकान्तमनमा बात गर्न
पूरा पागल हुनु नै ठिक हुन्छ
चाहे दुनियाँले पूरा पागलै किन न भनोस्
एक्लोपनको सम्बन्ध एकान्तमन संग होस्।