दिल्लीमा हिंसा फैलाएको आरोपमा स्वरा भास्करलाई  गिरफ्तारी गर्न माग

सोसल मिडिया प्रयोगकर्ताको एक समूहले बलिउड सेलिब्रिटी स्वरा भास्करलाई गिरफ्तारीको माग गर्न थाले।

ट्वीटरमा एउटा भिडियो भाइरल हुन थाल्यो। यसमा स्वरा भास्करले कुनै र्याली वा एकत्रित भीडलाई सम्बोधन गरिरहेको देखिएकी छिन्। सोसल मिडियामा यो भिडियोमार्फत् उनले दिल्लीमा हिंसा फैलाएको आरोप लगाइएकाे छ। 

यसैलाई आधार बनाएर शनिबार ट्वीटरमा #अरेस्ट स्वरा भास्कर ट्रेन्ड चलाउँदै उनलाई पक्राउ पर्न माग गरिएको हो। 

यसबाहेक उनको गिरफ्तारीको मागका साथै उनलाई सजाय दिन पनि अपिल गरिएको छ।

खासमा जुन भिडियोका कारण हंगामा भइरहेको छ, त्यो वास्तवमा २६ डिसेम्बरमा जामिया मिलिया इस्लामिया मुभमेन्टको क्रममा खिचिएको भिडियो। जबकी दिल्लीमा २३ फेब्रुअरीदेखि हिंसा सुरु भएको थियो। 

स्वराले लेखिन्, ‘यस्तो लाग्छ कि तर्क र तथ्य ती व्यक्तिका लागि कुनै महत्व राख्दैन जसको दिमागमा घृणाले डेरा जमाएको छ।’

प्रकाशित मिति: : 2020-06-07 13:56:56

प्रतिकृया दिनुहोस्